Logo

विश्व

यिनै हुन् २ सय ५० बिरामीको हत्या गर्ने ‘सिरियल किलर’ डाक्टर, यसरी भयो अपराधको पर्दाफास



लण्डन, १५ जेठ – जीवन उन्नत कामका लाग हाे। त्यसमाथि डाक्टरकाे जिम्मेवारी उन्नतसँगै जीवन्त प्रयासहरूका लागि हाे। तर, इंग्ल्याण्डका एक डाक्टरकाे जीवन अध्याय निकै फरक रह्याे।

ह्यारोल्ड शिपम्यान डाक्टर हुन्। उनको जन्म सन् १९४६ इंग्ल्याण्डमा भएको थियो। उनलाई आधुनिक युगका सिरियल किलरको रुपमा चिनिन्छ।

शिपम्यानले आफ्नो निगरानीमा रहेको २ सय ५० बिरामीको हत्या गरेका थिए। सामान्य परिवारमा जन्मिएका उनी सानैदेखि ट्यालेन्ट थिए।

मेडिकल क्षेत्रमा रुची देखाएपछि उनले त्यसै विषयको अध्ययन गरेका थिए। सन् १९७० मा उनले लिड्स युनिभर्सिटीबाट मेडिकल डिग्री लिएका थिए।

त्यसको केही वर्षपछि उनी मेडिकल क्षेत्रमा अभ्यासकर्ताको रुपमा टोडमोर्डनमा काम शुरु गरेका थिए। उनले त्यहाँ काम गरेको केही समयपछि उनलेगलत प्रेन्सक्रिप्सन दिने गरेको पत्ता लागेको थियो। त्यहाँबाट उनलाई निकालियो।

सन् १९७७ मा उनी जेनेरल अभ्यासकर्ताका रुपमा कार्यरत रहेको पाइयो। सन् १९९८ मा उनका बिरामीमध्ये एक ८१ वर्षीया महिला उनको घरमा मृत अवस्थामा फेला परेकी थिइन्।

शिपम्यानले ती बिरामी भेटेर निस्किएको केही समयपछि नै उनी मरेको पाइएको थियो। उक्त घटनापछि शिपम्यान अनुसन्धानको केन्द्रमा थिए। सन् २००० मा शिपम्यानले १५ जनाको हत्या गरेको तथ्य सार्वजनिक भयो।

घटनाको अनुसन्धानबाट उनी दोषी भएको पुष्टि भयो। उनलाई जेल हालियो। उनले जेलमा नै देहत्याग गरेका थिए।

शिपम्यानको निधनपछि पनि सन् २००५ मा एक आधिकारिक प्रतिवेदन सार्वजनिक भयो। उक्त प्रतिवेदनमा शिपम्यानले २ सय ५० जना बिरामीको हत्या भएको पाइएको थियो।

रमेश खरेल अब राजनीतिमा? (अन्तरवार्ता)

प्रकाशित : १५ जेष्ठ २०७८, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल