Logo

आर्थिक

आर्थिक वर्ष २०७८/०७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री, कति खर्बको आउँदैछ बजेट ?



काठमाडौं, १५ जेठ – आगामी आर्थिक वर्ष २०७८।७९ को बजेट शनिबार अपरान्ह ४ बजे सार्वजनिक हुँदैछ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट अध्यादेश जारी भएपछि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट सार्वजनिक गर्ने छन्।

बजेट प्रधानमन्त्री कार्यालयबाट अपराह्न चार बजे सार्वजनिक हुने अर्थमन्त्रीका प्रेस सल्लाहकार भुवन केसीले जानकारी दिएका हुन्।

बजेटबारे निर्णय गर्न बिहान ११ बजे मन्त्रिपरिषद बैठक बस्ने भएको हो।

बजेट सार्वजनिक गर्ने कार्यक्रममा प्रधानमन्त्री, मन्त्रिपरिषदका सदस्य, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, गभर्नरलगायत सहभागी हुने छन्।

सरकारले करीब १६ खर्ब हाराहारी आकारमा बजेट ल्याउने तयारी गरेको छ।

संसद् विघटन भए पनि १५ जेठमा बजेट ल्याउनै पर्ने संवैधानिक बाध्यता रहेको मन्त्रालयको भनाइ छ।

यसैबीच, बजेट अध्यादेश सिफारिसका लागि मन्त्रिपरिषद बैठक बस्ने भएको छ। मन्त्रिपरिषद् बैठक बिहान ११ बजे बोलाइएको हो।

मन्त्रिपरिषद् बैठकले अध्यादेशका रुपमा बजेट ल्याउन राष्ट्रपतिलाई सिफारिस गर्ने बुझिएको छ।

‘बिहानै एसएमएसमार्फत् जानकारी आयो, आज ११ बजे मन्त्रिपरिषद् बैठक रहेछ, बजेट अध्यादेश सिफारिस गर्ने प्रयोजनकै लागि बैठक बस्न लागेको हो,’ एक मन्त्रीले स्वदेश नेपालसँग भने।

राष्ट्रपति स्वीकृति प्रदान गरेपछि अपराह्न चार बजे अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट सार्वजनिक गर्ने तयारी गरेका छन्।

पूर्ण आकारको बजेट ल्याउने सरकारको तयारी छ।

प्रतिनिधिसभा विघटन भएको र जेठ १५ मै बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था भएकाले अध्यादेशबाट बजेट ल्याउन लागिएको एक मन्त्रीले भएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले यस वर्षको बजेट स्वास्थ्य क्षेत्र केन्द्रित हुने बताएका छन्।

आफ्नो कार्यकालमा अघि बढाइएका विकास निर्माणका कामलाई पनि बजेटमा निरन्तरता दिने ओलीको भनाइ छ।

डेढ महिनाअघि उनले यसपालि वृद्ध भत्ता बढाउने घोषणा पनि गरेका छन्।

नेकपाकाे दुईतिहाइ मास्न काे–काे लागे? (अन्तरवार्ता)

प्रकाशित : १५ जेष्ठ २०७८, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल