Logo

राजनीति

बजेट अध्यादेश सिफारिस गर्न मन्त्रिपरिषद् बैठक आज बस्दै



काठमाडौं, १५ जेठ – बजेट अध्यादेश सिफारिसका लागि मन्त्रिपरिषद बैठक बस्ने भएको छ। मन्त्रिपरिषद् बैठक बिहान ११ बजे बोलाइएको हो।

मन्त्रिपरिषद् बैठकले अध्यादेशका रुपमा बजेट ल्याउन राष्ट्रपतिलाई सिफारिस गर्ने बुझिएको छ।

राष्ट्रपति स्वीकृति प्रदान गरेपछि अपराह्न चार बजे अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट सार्वजनिक गर्ने तयारी गरेका छन्।

पूर्ण आकारको बजेट ल्याउने सरकारको तयारी छ। प्रतिनिधिसभा विघटन भएको र जेठ १५ मै बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था भएकाले अध्यादेशबाट बजेट ल्याउन लागिएको एक मन्त्रीले भएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले यस वर्षको बजेट स्वास्थ्य क्षेत्र केन्द्रित हुने बताएका छन्।

आफ्नो कार्यकालमा अघि बढाइएका विकास निर्माणका कामलाई पनि बजेटमा निरन्तरता दिने ओलीको भनाइ छ।

डेढ महिनाअघि उनले यसपालि वृद्ध भत्ता बढाउने घोषणा पनि गरेका छन्।

प्रकाशित : १५ जेष्ठ २०७८, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल