Logo

समाचार

खुशीकाे खबर! कोरोनाबाट बचाउने जीवनदायी औषधी ‘टोसीलिजुम्याब’ नेपाल आइपुग्यो



काठमाडाैं, १४ जेठ – कोरोना भाइरसको नयाँ भेरियन्टको संक्रमणले भारतलाई त्राहीत्राही नै बनायो। अन्य देशहरुको तुलनामा कोरोनाको दोस्रो लहरले भारतलाई आक्रान्त बनाएको छ। त्यो क्रम अहिले पनि जारी छ।

नयाँ भेरियन्टको भाइरस पुरानो भाइरसको तुलनामा हजार गुणा तीव्रगतिमा फैलिने चिकित्सकहरुले बताएका छन्। कोरोनाले ताण्डप मच्चएसँगै भारतमा चिकित्सकहरुले विभिन्न औषधीहरुको प्रयोग गरे। कोरोना खोप लगाएका व्यक्तिहरुमा पनि संक्रमणको गति नरोकिएका कारण चिकित्सकहरुले पनि खोपको विकलपका रुपमा विभिन्न औषधीहरुको प्रयोग गरेका हुन्।

यसैक्रममा भारतमा कोरोनाको उपचारमा ‘टोसीलिजुम्याब’ नामको औषधी चर्चामा आयो। यस औषधीले संक्रमितको उपचारमा सकरात्मक असर गरेको पाइयो। त्यससँगै कोरोनाका गम्भीर बिरामीको उपचारमा यसको व्यापक प्रयोग भयो। तर, टोसीलिजुम्याब’ले मानिसको स्वास्थ्यमा गम्भीर नकरात्मक असर पार्ने कतिपयको दाबीकाबीच भारतमा यसको प्रयोग रोकिएन।

कोरोनाका गम्भीर बिरामीमा प्रयोग हुने औषधि ‘टोसीलिजुम्याब’ नेपाल भित्रिएको छ। यतिकेम डिस्ट्रिब्युटर्स प्रालिले शुक्रबार ४०० एमजी–२० एमल को पाँच सय भाइल नेपाल भित्र्याएको औषधि व्यवस्था विभागले जानकारी दिएको छ।
औषधि व्यवस्था विभागका अनुसार ‘टोसीलिजुम्याब’ ५ सय भाइल नेपाल आएको छ। ‘टोसीलिजुम्याब’ लाई प्रभावकारिता राम्रो रहेको विज्ञले बताउँदै आएका छन्।

टोसीलिजुम्याबको एक भाइलको ५९ हजार ८ सय ५० पर्ने विभागले बताएको छ। सो औषधि बिरामीको चिकित्सकको सिफारिस अनुसार मात्रै उपलब्ध हुनेछ। बिरामीको पुर्जा, कोरोनाको पीसीआर टेस्टको पोजेटिभ रिपोर्ट, औषधि खरिद गर्न आउने आफन्तको फोन र फोटो सहितको परिचय पत्र पेश गर्नुपर्ने सूचनामा उल्लेख छ।

टोसीलिजुम्याबले कसरी काम गर्छ ?

शरीरको भाइरससँग लड्ने आन्तरिक प्रतिरक्षा प्रणालीलाई सबल बनाउने काम टोसीलिजुम्याबले गर्छ। र कोरोना भाइरससँग लड्ने शरीरको इम्युनिटी वृद्धि गरी चाँडै भाइरसलाई परास्त गर्न सक्ने क्षमताको यसमा रहेको डा. अभिषेक राज सिंहले बताएका छन्।

यो औषधीले अस्पतालमा कोरोनाको उपचारका लागि भर्ना भएका बिरामीहरुलाई फाइदा पु¥याएको स्वास्थ्यसम्बन्धी अन्तर्राष्ट्रिय संस्थाहरुले बताएका छन्। दी ल्यान्चेट जर्नलमा लेखिएको छ, ‘यो औषधीले भाइरसका कारण शरीरमा उत्पन्न हुने भड्काउ र शरीरको प्रतिरक्षा प्रणालीमा ह्रास ल्याउन सक्ने अवस्थामा त्यसलाई रोक्न मद्धत गर्छ।’

कोरोनाको उपचार घरमै: डा. सुवर्ण पौडेलकाे अन्तरवार्ता

प्रकाशित : १४ जेष्ठ २०७८, शुक्रबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल