Logo

समाचार

एनआरएनए अमेरिकामा चुनावी सरगर्मी: अध्यक्षका प्रत्यासी बुद्धिसागर सुवेदीले गरे यस्ताे अपिल



न्यूयोर्क – गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, अमेरिकाका अध्यक्ष पदका उम्मेदवार बुद्धिसागर सुवेदीले अमेरिकाबासी नेपालीलाई विवेपूर्ण मतदान गर्न अपिल गरेका छन्।

अध्यक्षका उम्मेदवार सुवेदीले आगामी २०२१–२०२३ का लागि आफू निर्वाचन भएमा एनआरएनएको सम्पूर्ण रुपान्तरणका कार्य सम्भव तुल्याउने उद्घोष गरका छन्।

च्याप्टर अध्यक्ष हुँदै आधारभूत तहमा देखिने संस्थागत रुपका समस्या देखि गैरआवासीय नेपालीका अन्य समस्यासँग जानकार रहँदै त्यसलाई समाधान गर्नका लागि राष्ट्रिय समन्वय परिषदमार्फत् पहलकदमी गर्ने हेतु अगाडि बढ्न अमेरिकाबासी नेपालीले देखाएको मार्गदर्शनलाई अनुशरण गर्दै आएको सुवेदीको प्रष्टोक्ति छ।

‘वर्तमान कार्यसमितिमा मलाई उपाध्यक्षमा निर्वाचित गराउनुभएको त्यो समयलाई स्मरण गर्दै फेरि तपाईहरू सबैप्रति आभार व्यक्त गर्दछु, उपाध्यक्षको भूमिकामा तपाईहरूले मलाई पुऱ्याइसकेपछि मैले त्यो भूमिकामा न्याय गरे भन्ने मलाई लाग्दछ, उपाध्यक्षको जिम्मेवारीमा रहँदा मैले संस्थाको संस्थागत विकासका लागि आफ्नो भूमिकालाई इमान्दारितापूर्वक लागू गर्न सके भन्ने मलाई लाग्दछ, उपाध्यक्षको रुपमा जिम्मेवारी बहन गर्दै अघि बढिरहँदा कोरोनाको महामारीकाबीच संघको गतिशिलतासँग जोडिएको सदस्यता अभिवृद्धिका पक्षलाई पनि ध्यानमा राख्दै यो जटिल परिस्थितिमा सदस्यता अभिवृद्धि कमिटीको संयोजकको जिम्मेवारी मलाई संघको वर्तमान कार्यसमितिले दियो, त्यसमा पनि तपाई सबैको साथ, सहयोग, सहभागिता र सद्भावका कारण तपाई हामी सबैले गर्व गर्न सक्ने गरी संघको सदस्य संख्या पुग्न सक्यो भन्ने मलाई लाग्दछ,’ सुवेदीले भनेका छन्, ‘अमेरिकाका रहनुभएका नेपालीको संख्याको हिसाबले सदस्य संख्याको अनुपात निकै कम भएपनि आजको मितिमा विश्वमा रहेका ८५ वटा एनआरएनएका राष्ट्रिय समन्वय परिषद्हरु मध्ये सबैभन्दा बढी सदस्य संख्या रहेको एनआरएनए, एनसिसीको रुपमा एनआरएनए, युएसए रहेको छ। आगामी दिनमा अझ सदस्यको संख्या पनि बढाउन तपाई हामी सबै लाग्नेनै छौं।’

हेर्नुहोस् अध्यक्षका उम्मेदवार सुवेदीको अपिल

अमेरिकाबासी गैरआवासीय नेपाली आमा बुबा, दाजुभाई तथा दिदी बहिनीहरू सम्पूर्णमा म बुद्धिसागर सुवेदीको तर्फवाट दश औंला जोडी सादर नमस्कार टक्य्राउन चाहन्छु। अमेरिकाबासी गैरआवासीय नेपालीको साझा चौतारीको रुपमा रहेको अभिभावकीय संस्थाको रुपमा रहेको गैरआवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद् अमेरिकाको वर्ष २०२१ देखि २०२३ सम्मको कार्यकालका निम्ति नयाँ कार्यसमिति निर्वाचित गराउनका लागि मतदानको घडी सम्मुखमा आइपुगेको छ।

आउँदो कार्यकालका लागि तपाईहरूले नै दिनुभएको हौसलालाई शिरोधार्य गरी म नेतृत्व गर्ने यात्रामा अघि बढेको यहाँहरूमा जानकारी नै छ। संघको विस्कन्सिन राज्यको च्याप्टर अध्यक्ष हुँदै एनआरएनए अमेरिकामा पदीय भूमिकासहित अघि बढ्ने क्रममा मैले च्याप्टर अध्यक्षको रुपमा आधार तहमा गरेको कार्य र पहललाई देखेर जुन माया, साथ सहयोग र सद्भाव तपाईहरुवाट प्रदान भयो त्यसले मलाई अघि बढ्न प्रेरित गरेको पनि म सविनय अनुरोध गर्न चाहन्छु।

च्याप्टर अध्यक्ष हुँदै आधारभूत तहमा देखिने संस्थागत रुपका समस्यादेखि गैरआवासीय नेपालीका अन्य समस्यासँग जानकार रहँदै त्यसलाई समाधान गर्नका लागि राष्ट्रिय समन्वय परिषदमार्फत् पहलकदमी गर्ने हेतु अगाडि बढ्न तपाईहरूले नै देखाउनुभएको मार्गदर्शनलाई पछ्याउँदै वर्तमान कार्यसमितिमा मलाई उपाध्यक्षमा निर्वाचित गराउनुभएको त्यो समयलाई स्मरण गर्दै फेरि तपाईहरू सबैप्रति आभार व्यक्त गर्दछु। उपाध्यक्षको भूमिकामा तपाईहरूले मलाई पुऱ्याइसकेपछि मैले त्यो भूमिकामा न्याय गरे भन्ने मलाई लाग्दछ। उपाध्यक्षको जिम्मेवारीमा रहँदा मैले संस्थाको संस्थागत विकासका लागि आफ्नो भूमिकालाई इमान्दारितापूर्वक लागू गर्न सकेँ भन्ने मलाई लाग्दछ। उपाध्यक्षको रुपमा जिम्मेवारी बहन गर्दै अघि बढिरहदा कोरोनाको महामारीका बीच संघको गतिशिलतासग जोडिएको सदस्यता अभिवृद्धिको पक्षलाई पनि ध्यानमा राख्दै यो जटिल परिस्थितिमा सदस्यता अभिवृद्धि कमिटीको संयोजकको जिम्मेवारी मलाई संघको वर्तमान कार्यसमितिले दियो, त्यसमा पनि तपाई सबैको साथ, सहयोग, सहभागिता र सद्भावका कारण तपाई हामी सबैले गर्व गर्न सक्ने गरी संघको सदस्य संख्या पुग्न सक्यो भन्ने मलाई लाग्दछ। अमेरिकाका रहनुभएका नेपालीको संख्याको हिसाबले सदस्य संख्याको अनुपात निकै कम भए पनि आजको मितिमा विश्वमा रहेका ८५ वटा एनआरएनएका राष्ट्रिय समन्वय परिषद्हरूमध्ये सबैभन्दा बढी सदस्य संख्या रहेको एनआरएनए, एनसिसीको रुपमा एनआरएनए, युएसए रहेको छ। आगामी दिनमा अझ सदस्यको संख्या पनि बढाउन तपाई हामी सबै लाग्ने नै छौं।

मैले उपाध्यक्षको रुपमा होस् वा सदस्यता अभिवृद्धि कमिटीको संयोजकको रुपमा होस्, तपाईहरु बस्नुभएको अमेरिकाको विभिन्न राज्य तथा शहरहरूमा गई संवाद गर्दा होस् वा अन्य तरिकाबाट छलफल गर्दा तपाईहरूले देखाउनुभएको सद्भाव र दिनुभएको उर्जाले मलाई नेतृत्व गर्ने यात्रामा अघि बढाएको हो। तपाईहरूले चाहनुभए जस्तै एनआरएनए, अमेरिका बनाउनका लागि नेतृत्व गर्ने आँट बोकेर म यस अभियानमा होमिएको हुँ। यस अभियानमा म मात्र थिइनँ, छैन र भोलि पनि म एक्लै अभियानमा हुने छैन, हिजो, आज र भोलि तपाईहरू सबै यो अभियानमा हुनुहुन्छ। हामी सबै यस अभियानको हिस्सा हौ। तपाईहरूको सहभागितामा, तपाईहरूले चाहेको र तपाईहरूसँग नै रहेर एनआरएनए अमेरिकाको नेतृत्वको यात्रालाई अघि बढाउने मेरो प्रतिवद्धता दोहोऱ्याउन चाहन्छु।

अध्यक्ष पदको प्रत्याशी भई तपाईहरूको राज्य तथा शहरमा म आउँदा तपाईहरूले दिनुभएको जुन माया, साथ, सहयोग र समर्थन थियो, त्यसको म सधैं ऋणी रहिरहने छु। त्यो साथ र समर्थनले मलाई एनआरएनए, अमेरिकाको नेतृत्व गर्ने कुरामा बल मात्र दिएको छैन, विश्वस्त पनि बनाएको छ। चुनावी अभियानको क्रममा मेरो हरेक राज्य र शहरमा पुग्ने कोशिस थियो, सम्भव भएसम्म पुगेको पनि थिए, तर हरेक शहरमा पुग्न सकिनँ होला यसलाई अन्यथा लिनुहुने छैन भन्नेमा म ढुक्क छु। हामी निरन्तर सम्पर्क र सम्बन्धमै छौँ, माध्यम फरक हुन सक्ला, हामी एउटै अभियानमा सँगै छौँ, यसलाई यसरी लिइदिनु हुनका लागि अनुरोध गर्दछु।

निर्वाचन सम्पन्न गर्ने महत्त्वपूर्ण जिम्मेवारीमा रहनुभएका निर्वाचन आयोगका प्रमुख आयुक्त एवं आयुक्तहरू, आदरणीय सञ्चारकर्मी मित्रहरू एवं एनआरएनए, अमेरिकाको आसन्न निर्वाचनलाई सम्पन्न गर्न विभिन्न रुपबाट सहयोगी भूमिका खेलिरहनु भएका सबैमा हार्दिक आभार व्यक्त गर्दछु। मसँगै अध्यक्ष पदमा उम्मेदवार बन्नुभएका प्रत्याशीज्यूहरूसहित सबै उम्मेदवारहरूलाई शुभकामना दिन चाहन्छु। चुनावी परिणाम जे–जस्तो आए पनि एनआरएनए अभियानमा सहभागिता र भूमिकामा कमी आउन दिनुहुँदैन, मेरो तर्फबाट त्यो प्रतिवद्धता पनि व्यक्त गर्दछु।

र अन्त्यमा, आसन्न निर्वाचनमा मलाई अध्यक्ष पदमा आदरणीय मतदाता सदस्य ज्यूहरूले आफ्नो अमूल्य मत दिई विजयी गराउनु हुनेछ भन्ने पूर्ण आशा लिएको छु। साथ–साथै मेरो नेतृत्वप्रति विश्वास गरी मेरो नेतृत्वमा बन्ने कार्यसमितिमा रहेर आफूलाई अगाडि बढाउने गरी उम्मेदवारी दिनुभएका अन्य पदका उम्मेदवारहरूलाई पनि मत दिनका निम्ति सबैमा हार्दिक अपिल गर्न चाहन्छु।

धन्यवाद। जय एनआरएनए अमेरिका।
तपाईकै,
बुद्धिसागर सुवेदी
अध्यक्ष पदको प्रत्यासी
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, अमेरिका (वर्ष २०२१ देखि २०२३)

प्रकाशित : १३ जेष्ठ २०७८, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल