Logo

समाचार

अष्ट्रेलियाबाट एकैपटक ११ लाख १८ हजार संकलन गरी पाँचथर पठाइयो (दाताको सूचीसहित)



सिड्नी – पाँचथर समाज अष्ट्रेलियाले ११ लाख १८ हजार ३६ रुपैयाँ संकलन गरी पाँचथर पठाएको छ।

पाँचथर उद्योग वाणिज्य संघले सञ्चालन गरेको अक्सिजन कन्सन्ट्रेटर र अक्सिजन सिलिण्डर व्यवस्थापन गर्ने अभियानमा सहयोग गर्न उक्त रकम पाँचथर पठाइएको हो।

कोरोना प्रकोपमा जिल्लाबासीको मन मुटुमा थोरै भए पनि मल्हम लगाउने प्रयास गरिएको पाँचथर समाज अष्ट्रेलियाका अध्यक्ष कुमार खत्रीले बताएका छन्।

‘अभियानका निमित्त तथा अभियानमा सहयोग गर्ने पाँचथर घर भइ अष्ट्रेलियामा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ दिदीबहिनीको सहयोगबाटै यो कार्य सम्भव भएको हो,’ खत्रीले भने।

अष्ट्रेलियास्थित पाँचथर समाजका तर्फबाट पाँचथर उद्योग वाणिज्य संघको खातामा पठाइसकिएको जानकारी समाजका उपाध्यक्ष दीपक निरौलाले बताएका छन्।

स्वतन्त्र शैक्षिक परामर्श संघ फेकनका महासचिव राजु निरौलाले जन्मभूमिमा परेको विपतमा अष्ट्रेलियालाई कर्मभूमि भएका पाँचथरबासीले प्रदर्शन गरेको यो एकता र अद्भुत सद्भावका निमित्त धन्यवाद दिएका छन्।

‘पाँचथर समाज अष्ट्रेलियाका अध्यक्ष कुमार खत्री, उपाध्यक्ष दीपक निरौला, सचिव सुमन खतिवडा र अष्ट्रेलियामा सञ्चालित अभियानका आइटी संयोजक दीपेश भट्टराईमार्फत् समाजका सम्पूर्ण पदाधिकारी एवं कार्यसमिति सदस्यहरू लगायत समाजमा आबद्ध समस्त पाँचथरबासी मान्यजनहरू तथा उहाँहरूका नेपालमा रहनु भएका अभिभावक मान्यजनहरूमा समेत अन्तरमनबाट आभार एवं कृतज्ञता ब्यक्त गर्दछौं,’ निरौलाले भने।

हेनुहोस् दाताहरूको सूची

प्रकाशित : १३ जेष्ठ २०७८, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल