Logo

समाचार

यात्रुले भरिएको बस एकबिहानै दाउन्ने भीरबाट खस्यो, ४ जनाको मृत्यु, ४१ जना घाइते



नवलपरासी, ५ जेठ – पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासी बर्दघाट पश्चिमको दाउन्ने भीरबाट बस खस्दा ४ जनाको मृत्यु भएको छ।

काठमाडौंबाट रुकुम जाँदै गरेको बस बुधबार एकाबिहान दुर्घटनामा परेको हो। प्रहरीका अनुसार दुर्घटनाबारे अनुसन्धान हुँदैछ।

दुर्घटनामा चालकसहित ४१ जना घाइते भएको नवलपरासी प्रहरीले जानकारी दिएको छ। आज विहान साढे ५ बजेको समयमा जिल्लाको बर्दघाट नगरपालिका ४ दाउन्ने सडकखण्डको बाँस खोलामा बस खस्दा उक्त दुर्घटना भएको हो।

काठमाडौंबाट रुकुम पश्चिमका लागि छुटेको ना५ख २७१३ नम्बरको बस खोलामा खसेर दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको र ४९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ।

दुर्घटनामा परी घटनास्थलमै मृत्यु भएको ४ जनामध्ये २ जनाको मात्र सनाखत भएको र थप २ जनाको सनाखत गर्ने कार्य भइरहेको प्रहरीले बताएको छ।

मृत्यु हुनेमा रुकुम पश्चिम त्रिवेणी गाउँपालिका वडा बस्ने २७ वर्षीया कल्पना पुन र रुकुम पूर्व सिस्ने गाउँपालिका वडा ४ बस्ने ३६ वर्षीय धनराज घर्ती रहेको प्रहरी नायब उपरिक्षक राजु लामाले जानकारी दिए।

दुर्घटनामा परी घाइतेहरूको प्रहरीले उद्दार गरी गम्भीर घाइतेहरूको उपचारका लागि बुटवलका अस्पतालहरुमा पठाएको र अरु घाइतेहरूको बर्दघाटस्थित चिसापानी सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

बसमा कुल ५८ जना सवार थिए जसमध्ये ४ जनाको मृत्यु भएको, ४९ जना घाइते र ५ जना सकुशल रहेको प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको छ।

डा. सुवर्ण पौडेलले दिए कोरोनाको आयुर्वेद उपचारको उपाय (अन्तरवार्ता)

प्रकाशित : ५ जेष्ठ २०७८, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल