Logo

राजनीति

प्रधानमन्त्री ओली स्वतः पदमुक्त, संसदबाट पाएनन् विश्वासको मत, पक्षमा ९३, विपक्षमा १२४ मत



काठमाडौं, २७ वैशाख – प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका छन्। विश्वासको मत लिने प्रस्ताव संसदबाट बहुमतले अस्वीकृत भएपछि प्रधानमन्त्री ओली स्वतः पदमुक्त भएका छन्।

आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भनि प्रधानमन्त्रीले राखेको प्रस्तावको पक्षमा ९३ मत परेको छ। विपक्षमा १ सय २४ मत खसेको छ। सोमबारको बैठकमा उपस्थित २ सय ३२ सांसदमध्ये १५ जना तटस्थ बसेका छन्।

प्रस्तावको पक्षमा आएको ९३ मत प्रतिनिधिसभामा कायम रहेको सदस्य संख्याको बहुमत कायम नभएकाले अस्वीकृत भएको सभामुख अग्निप्रसाद सापकोटाले घोषणा गरे ।

संसदको सबैभन्दा ठूलो दल एमालेका १ सय २१ सांसद छन्। तर, प्रधानमन्त्री ओलीले आफ्नो दलको सबै मत पाउन सकेनन्। एमालेमा समानान्तर संरचना बनाएको माधवकुमार नेपाल पक्षका सांसदहरू बैठकमा अनुपस्थित भएका थिए।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई र उपेन्द्र यादव तथा राष्ट्रिय जनमोर्चाले विपक्षमा मत दिएका छन्।

जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का एक सांसद तटस्थ बसेका छन्।

अन्तरवार्ता: केपी ओली सत्तामाथि खतराकाे घण्टी: गगन थापा (भिडियाे)

प्रकाशित : २७ बैशाख २०७८, सोमबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल