Logo

राजनीति

प्रधानमन्त्री ओलीलाई २४ घण्टे अल्टिमेटम दिएको खनाल–नेपाल पक्षले कस्तो रणनीति बनाउँदैछ ?



काठमाडौं, २६ वैशाख – नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक आज बस्ने भएको छ।

वरिष्ठ नेताद्वय खनाल–नेपाल पक्षका सांसदहरूले राजीनामा दिने सम्बन्धमा थप छलफल गर्न बैठक बस्न लागेको हो। आगामी रणनीतिका विषयमा पनि छलफल हुने नेपाल पक्षका एक स्थायी कमिटी सदस्यले बताए।

यसअघि, शनिबार साँझ बसेको सांसदहरूको बैठकले २ जेठ २०७५ मा फर्कन अध्यक्ष केपी शर्मा ओलीलाई २४ घण्टे अल्टिमेटम दिने निर्णय गरेको थियो।

तर, अदालतको फैसलाअनुसार एमाले पार्टी संरचना, विधान र नेतृत्व मान्न ओली तयार नभए सामुहिक राजीनामा गर्न सांसदहरू तयार भएका छन्।

यसबारे थप छलफल गर्न आज स्थायी कमिटी सदस्यहरुको बैठक हुँदैछ। प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका निम्ति सोमबार संसद्को अधिवेशन बोलाइएको छ।

त्यस अगाडि नै ओली २८ फागुन यताको निर्णय रद्ध गर्न तयार नभए नेपाल समूहका सांसदहरूले राजीनामा गर्ने तयारी गरेका छन्।

नेपाली कांग्रेसका नेता गगन थापासँग अन्तरवार्ता (भिडियाे)

प्रकाशित : २६ बैशाख २०७८, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल