Logo

समाज

२४ घण्टामा थप ९ हजार ७० जनामा कोरोना संक्रमण, ५४ जनाको मृत्यु



काठमाडौं, वैशाख २३ – नेपालमा एकैदिन ९ हजार ७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ७० जनामा संक्रमण भएको हो।

२० हजार ३६७ पीसीआर परीक्षणमा ८९७० र ७७५ एन्टिजेन परीक्षणमा १०० जना गरी ९०७० जनामा संक्रमण पुष्टि भएको हो। त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ५४ जनाको मृत्यु भएको छ। अघिल्लो दिनको तुलनामा मृत्यु हुनेको संख्यामा भने कमी आएको छ।

थप २७०७ जनाले कोरोना जितेका छन्। हाल नेपालमा संक्रिय संक्रमितको संख्या ७२ हजार ५६१ रहेको छ। तीमध्ये ६५२ जनाको आईसीयूमा र २०१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

नेपाली कांग्रेसका प्रभावशाली नेता गगन थापाकाे अन्तरवार्ता (भिडियाे)

प्रकाशित : २३ बैशाख २०७८, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल