Logo

समाचार

‘यो नेपाली शिर उचाली’ का गायक प्रेमध्वज प्रधानको निधन



काठमाडौं, वैशाख २३ – वरिष्ठ गायक एवं संगीतकार प्रेमध्वज प्रधानको निधन भएको छ। उपचाररत प्रधानको बिहीबार सुन्धारास्थित काठमाडौं न्यूरो एन्ड जनरल अस्पतालमा निधन भएको हो।

८४ वर्षीय प्रधानको स्वास्थ्यमा समस्या आएपछि केही दिन अगाडि उनलाई अस्पतालमा भर्ना गरिएको थियो। प्रेमध्वजको जन्म १९९४ सालमा सिन्धुपाल्चोकको चौतारामा भएको थियो। उनलाई नेपाली सांगीतिक क्षेत्रमा ‘गोल्डेन भ्वाइस’ उपनामले पनि चिनिन्छ।

सन् १९६५ मा प्रेमध्वजले उषा मंगेश्करसँग नेपाली चलचित्र ‘माइतीघर’मा गीत गाएका थिए। यस्तै उनले आशा भोस्लेसँग ‘मायालु इन बम्बे’ नामक चलचित्रमा पनि स्वर दिएका छन्।

सन् १९५२ मा प्रेमध्वजले १६ वर्षकै उमेरमा ‘याद कसैको आइरहन्छ यो अन्धेरी रातमा’ बोलको गीत रेकर्ड गराएका थिए। प्रधानका यो नेपाली शिर उचाली, पर लैजाऊ फूलहरु, घुम्तीमा नआऊ है, गोरेटो त्यो गाउँको, तिमीलाई अचेल कहाँ भेटौंलगायतका दर्जनौं गीत चर्चित छन्।

जीतु नेपालकाे अन्तरवार्ता (भिडियाे)

प्रकाशित : २३ बैशाख २०७८, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल