Logo

समाचार

कोरोना भाइरसको संक्रमणबाट २४ घण्टामा ५८ जनाको मृत्यु, ८६५९ जना संक्रमित थपिए



काठमाडौं, २२ वैशाख – कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा ५८ जनाको मृत्यु भएको छ। त्यसैगरी, ८ हजार ६ सय ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ७ सय ५६ जनाको पीसीआर परीक्षण गर्दा ८ हजार ६ सय ५ र ६ सय १६ एन्टिजेन परीक्षणमा ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंस्था मन्त्रालयका अनुसार नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमितको संख्या ३ लाख ५९ हजार ६ सय १० पुगेको छ। बुधबारसम्म कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ६६ हजार ३ सय ५२ पुगेको छ।

जसमध्ये ४ हजार ७ सय ६४ जना संस्थागत आइसोलेसनमा र ६१ हजार ५ सय ८८ जना होम आइसोलेसनमा रहेका छन्। देशभर आइसियूमा ६ सय जना र भेन्टिलेटरमा १ सय ५६ जना उपचाररत छन्।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १ हजार ९ सय ९३ रहेको छ। हालसम्म देशभर २ लाख ८९ हजार ७ सय ८३ जना संक्रमणमुक्त भएका छन्।

कोरोना संक्रमणबाट हालसम्म नेपालमा ३ हजार ४ सय ७५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

प्रकाशित : २२ बैशाख २०७८, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल