Logo

राजनीति

आफ्नै पार्टीको नेताहरूबाट ‘धोका’ भएपछि सहयोग माग्न देउवा निवास पुगे प्रधानमन्त्री ओली



काठमाडौं, २२ वैशाख – प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भेटवार्ता भएको छ। सभापति देउवालाई भेट्न एमाले अध्यक्षसमेत रहेका ओली आफूनिकट नेताहरूलाई लिएर बुढानिलकण्ठ पुगेका हुन्।

वैशाख २७ गते ओलीले संसदमा विश्वासको मत लिने तय भएको अवस्थामा ओलीले देउवालाई भेटेका हुन्। ओलीले देउवालाई ‘सहयोग’को प्रस्ताव गरेको श्रोतले बताएको छ।

प्रधानमन्त्री ओलीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल, एमाले नेता सुवासचन्द्र नेम्वाङ, गृहमन्त्री रामबहादुर थापा पनि देउवा निवास पुगेका छन्। यसअघि कांग्रेसले अ‍ोलीको विपक्षमा मत हाल्ने निर्णय मंगलबारै गरिसकेको छ।

बालुवाटारमै देउवालाई बोलाएर भेट्दै आएका ओली यसपटक आफै बुढानिलकण्ठ पुगेका हुन्। बुढानिलकण्ड जानुअघि एमाले नेताहरूले बालुवाटारमा छलफल गरेका थिए।

ओलीलाई प्रधानमन्त्री पदबाट बिदा गर्न कांग्रेससहित माओवादी केन्द्र, जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्ष र एमालेकै माधवकुमार नेपाल पक्ष आन्तरिक छलफलमा जुटिरहेका छन्।

केपी ओलीमाथि खतराकाे घण्टी: गगन थापाकाे अन्तरवार्ता (भिडियाे)

प्रकाशित : २२ बैशाख २०७८, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल