एटीएम बुथबाट स्यानिटाइजर चोरी, इन्टरनेटमा भिडियो भयो भाइरल (भिडियाेसहित)


एजेन्सी, वैशाख २१ – भारतमा एक भिडियो भाइरल भइरहेको छ। एटीएम बुथबाट एक पुरुषले स्यानिटाइजर चोेर्दै गरेको भिडियो भाइरल भएको हो।

ती पुरुषले एटीएमबाट पैसा निकालेपछि कार्ड आफूसँग राख्छन्। अनि हिँड्ने बेलामा त्यहाँ भएको स्यानिटाइजरको बोतल झोलामा राख्छन् अनि बाहिरिन्छन्। उक्त भिडियोलाई पिएस अफिसर दिपांशु काब्राले आफ्नाे ट्विटरमार्फत सार्वजनिक गरेका थिए।

भिडियो भाइरल भएसँगै धेरै ट्विटर प्रयोगकर्ताले ती व्यक्तिको खोजी गरी कारबाही गर्नुपर्ने बताएका छन्। सार्वजनिक सम्पत्तिको दुरुपयोग गरेको भन्दै धेरैले स्यानिटाइजर चोर्ने पुरुषलाई गाली गरेका छन्।

नेपाली कांग्रेसका प्रभावशाली नेता गगन थापाकाे अन्तरवार्ता (भिडियाे)

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: