Logo

राजनीति

नेपाली कांग्रेसका प्रवक्ता शर्माले दुई हप्ताका लागि लिए विश्राम



काठमाडौं, वैशाख २१ – कोरोना भाइरसको संक्रमणसँग लडिरहेका नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले केही समयका लागि विश्राम लिएका छन्। शर्माले दुई साताका लागि प्रवक्ताको जिम्मेवारीबाट विश्राम लिएको जानकारी दिएका छन्।

‘अस्वस्थताका कारण दुइ साताकालागि प्रवक्ताको सकृय जिम्मेवारीबाट बिदा लिएको छु । प्रेस , पार्टी र शुभचिन्तकहरुसँग क्षमा चाहन्छु,’ शर्माले आफ्नो फेसबुकमा लेखेका छन्।

त्यस्तै, नेता शर्माले स्वास्थ्यलाभको कामना गर्ने सबैलाई धन्यवाद दिएका छन्। सोमबार शर्मालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो।

नेपाली कांग्रेसका प्रभावशाली नेता गगन थापाकाे अन्तरवार्ता (भिडियाे)

प्रकाशित : २१ बैशाख २०७८, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    दुर्गादेवी अधिकारी ९८१५९२९१२४
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल