![](https://www.asiasanchar.com/wp-content/uploads/2021/04/Kathmandu-District-Administration-Office-Anamnagar.jpg)
काठमाडौं, १३ वैशाख – कोरोना संक्रमणको दोश्रो लहर तीव्र रुपमा फैलिएपछि काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयको सेवा कटौती गरिएको छ। अत्यावश्यक सेवा बाहेकका सबै काम एक साताका लागि बन्द गरिएको हो।
कोरोना संक्रमणको दोस्रो लहर भयावह हुँदै गएको अवस्थालाई दृष्टिगत गरी तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले उक्त निर्णय लिएको हो।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार अत्यावश्यकबाहेक अन्य नियमित काम सोमबारदेखि बन्द गर्ने निर्णय भएको हो।
![](https://www.asiasanchar.com/wp-content/uploads/2021/04/Kathmandu-District-Administration-Office1-730x1024.jpg)
तीन जिल्लाका प्रजिअहरूको निर्णयपछि नागरिकता लगायत अन्य जिल्ला प्रशासनबाट हुने सेवाहरू एक साता बन्द हुने पराजुलीले बताए।
‘भीडभाड कम होस्, र मानिसहरू घरबाट बाहिर निस्किन पर्ने अवस्था पनि नहोस् भनेर यस्तो निर्णय गरिएको हो,’ पराजुलीले भने, ‘संक्रमणको अवस्था हेरेर उचित निर्णय लिइने छ।’
हेर्नुहाेस्: नेपाली कांग्रेसका प्रभावशाली नेता गगन थापासँग अन्तरवार्ता
प्रतिक्रिया