Logo

समाचार

उज्यालो नेटवर्कमा प्रहरीको छापा, पत्रकार तामाङ पक्राउ, प्रेस युनियनले दियो यस्तो चेतावनी



काठमाडौं, १२ वैशाख – प्रहरीले उज्यालो नेटवर्क डटकमको कार्यालयमा छापा मारेर पत्रकार अनिश तामाङलाई पक्राउ गरेको छ। आइतबार दिउसो उज्यालो नेटवर्कको कार्यालय पुगेको प्रहरी टोलीले पत्रकार तामाङलाई नियन्त्रणमा लिएको हो।

उज्यालो नेटवर्क डटकमको कार्यालयमा प्रहरीले हस्तक्षेप गरी पत्रकार तामाङलाई पक्राउ गरेको घटनाप्रति पत्रकारहरूका पेशागत संगठनले विरोध गरेका छन्।

नेपाल प्रेस युनियन काठमाडौं शाखाले प्रेस विज्ञप्ति जारी गरी पत्रकार पक्राउको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ। प्रेस युनियन काठमाडौं शाखा अध्यक्ष जगन्नाथ दुलालले जारी गरेको विज्ञप्तिमा सञ्चार गृहमा प्रहरीको हस्तक्षेप, सञ्चार सामाग्री नियन्त्रण र पत्रकार पक्राउ गर्ने घटनाको घोर भत्सर्ना गरिएको छ।

‘प्रकाशित समाचारको विषयमा प्रश्न भए त्यसको समाधान खोज्ने निकाय हुँदाहुँदै सुरक्षाकर्मीकै सक्रियता देखिनुले केही गम्भीर प्रश्नहरु खडा गरेका छन्,’ दुलालले भनेका छन्, ‘उच्च अदालतले समेत समाचार लेखेका आधारमा सञ्चारकर्मीमाथि धरपकड नगर्न दिएको आदेशको अवज्ञा हुनु अत्यन्त निन्दनीय विषय हो।’

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न र प्रेसमाथिको हस्तक्षेप बन्द गर्न जोडदार माग गरिएको छ। विज्ञप्तिमा तत्काल गिरफ्तार पत्रकार तामाङलाई रिहा गर्न दुलालले माग गरेका छन्।

‘प्रेसलाई तर्साउने नियतले हुने जुनुकनै प्रकारको आक्रमण प्रेस युनियनका लागि सह्य हुनेछैन, तत्काल गिरफ्तार पत्रकार रिहाई गर्न र उच्च अदालत पाटनको आदेशको सम्मान गर्न नेपाल प्रेस युनियन काठमाडौं शाखा सरकारको ध्यानाकर्षण गराउँदछ,’ दुलालले भनेका छन्।

हेर्नुहाेस्: नेपाली कांग्रेसका प्रभावशाली नेता गगन थापासँग अन्तरवार्ता

प्रकाशित : १२ बैशाख २०७८, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल