![](https://www.asiasanchar.com/wp-content/uploads/2021/04/rabindra-deuja-menuka-thapa-raksha-nepal-kathmandu.jpg)
काठमाडौं, १२ वैशाख – काभ्रे जिल्लाको बनेपा जनागाल स्थायी घर भएका राजनीनिक अभियन्ता, युवा नेता रवीन्द्र देउजाले आफ्नो ४०औं जन्मदिनका अवसरमा रक्षा नेपाललाई खाद्य सामग्री उपलब्ध गराएका छन्।
रक्षा नेपालमा ७० जना बालबालिका आश्रित छन्। देउजाले ८० हजार बराबरको राशन सहयोग गरेका हुन्। ‘म जन्मदिन खासै मनाउँदिनँ, यस पटकको जन्मदिनमा चाँहि मेरो घर व्यवहार सबै राम्रो भएकाले आफ्नो कमाईको १ प्रतिशत मात्रै भए पनि रक्षा नेपालमा आश्रित बालबालिकालाई मद्दत गरौ भन्ने सोच आयो,’ देउजाले भने।
![](https://www.asiasanchar.com/wp-content/uploads/2021/04/rabindra-deuja-menuka-thapa-raksha-nepal-5.jpg)
रक्षा नेपालकी संस्थापक एवं अध्यक्ष मेनुका थापाको प्रयासको सराहना गर्दै युवा नेता देउजाले संस्थालाई सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरेका छन्।
![](https://www.asiasanchar.com/wp-content/uploads/2021/04/rabindra-deuja-menuka-thapa-raksha-nepal-1.jpg)
‘मैले सानै उमेरदेखि चिनेको जानेको मेरै गाउले बहिनी मेनुका थापाले सञ्चालन गरिरहेको सामाजिक संस्था रक्षा नेपाललाई सानो सहयोग गरेको हुँ, रक्षा नेपालमा मासिक रुपमा हुने लाखौ खर्चको अगाडि त मेरो सहयोग केही होइन,’ देउजाले भने, ‘तर मेरो प्रस्तावलाई स्वीकारेर सहयोग ग्रहण गरिदिनु भएकोमा रक्षा नेपालप्रति आभारी छु।’
परोपकारी रवीन्द्र देउजा काभ्रे जिल्लामा स्थापित हुँदै गरेका युवा नेता हुन्। देउजा युवा संघ काभ्रेमा आबद्ध छन्।
![](https://www.asiasanchar.com/wp-content/uploads/2021/04/rabindra-deuja-menuka-thapa-raksha-nepal-2.jpg)
प्रतिक्रिया