Logo

मनोरञ्जन

ग्लोबल एनआरएन सिंगिङ आइडलः डिजिटल अडिसनको समय अब ६ दिन बाँकी, दर्ता शुल्क नलाग्ने



दोहा, ११ वैशाख – ग्लोबल एनआरएन सिंगिङ आइडल–२०२१ को पहिलो संस्करणमा सहभागी हुनका लागि डिजिटल अडिसन पठाउने समय अब ६ दिन मात्रै बाँकी रहेको छ।

आगामी अप्रिल ३० तारिखसम्ममा आइडलमा सहभागी हुनका लागि आफुले गीत गएको २ मिनेटको भिडियो रेकर्ड गरेर पठाउनु पर्ने छ।

ग्लोबल एनआरएन सिंगिङ आइडल–२०२१ आयोजक गैरआवासीय नेपाली संघ एनआरएनए मध्यपूर्व युवा समितिका संयोजक राज रेग्मीले प्रतियोगिताको आयोजनाको तयारी र प्रतियोगीहरुको सुझावलाई दृष्टिगत गरी थपिएको समयावधिभित्र भिडियो पठाउन अनुरोध गरे ।

रेग्मीले एक साता भित्रै ‘ग्लोबल एनआरएन सिंगिङ आइडल’मा सहभागी हुन चाहनेहरूलाई भिडियो पठाउन अपिल गरे ।

सबै क्षेत्रको सुझावका आधारमा अडिसनको मिति थप गरिएको र आगामी शुक्रबार (३० अप्रिल) सम्म डिजिटल अडिसनको समय रहेका रेग्मीले बताए ।

‘संगीत साधनामा लागेका सबै युवा साथीहरूलाई मेरो अनुरोध छ, सकेसम्म चाँडै भिडियो पठाएर ग्लोबल एनआरए सिंगिङ आइडलमा सहभागी हुनुहोला, यो प्रतिस्पर्धाले गायन क्षेत्रमा तपाईको नवीन यात्रा प्रारम्भ हुने छ,’ रेग्मीले भने ।

यसैबीच, ग्लोबल एनआरएन सिंगिङ आइडलका विजेताले प्राप्त गर्ने पुरस्कार राशी पनि ३ गुणाभन्दा धेरै बढाएर ७ लाख रुपैयाँ तय गरिएको छ । यसअघि प्रथम पुरस्कारको राशी २ लाख रुपैयाँ तोकिएको थियो ।

त्यसैगरी, दोस्रो पुरस्कार चार लाख रुपैयाँ, तेस्रो पुरस्कार दुई लाख रुपैयाँ, चौथो पुरस्कार एक लाख रुपैयाँ र पाँचौं पुरस्कार ५० हजार रुपैयाँ तोकिएको छ । ग्राण्ड फिनालेमा प्रवेश पाउने ५ जना प्रतियोगीहरूलाई गीति एल्बममा गीत गाउने अवसर प्रदान गरिने छ ।

मध्यपूर्व युवा संयोजक रेग्मीका अनुसार डिजिटल अडिसन अप्रिल ३० मा हुने छ । ओपनिङ राउन्ड मे १४ र १५ तारिखमा हुने छ । ग्राण्ड फिनाले मे २१ तारिखमा सम्पन्न हुने रेग्मीले बताए ।

ग्लोबल सिंगिङ आइडल–२०२१ मा निर्णायकको भूमिकामा गायक उदय सोताङ, गायिका सुनिता दुलाल, गायिका प्राश्ना शाक्य र गायक विजय लामा रहेका छन् ।

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् मध्यपूर्व क्षेत्रीय युवा समितिले आयोजना गर्न लागेको ‘ग्लोबल एनआरएन सिंगिङ आइडल’ मा सहभागी हुन इच्छुक प्रतियोगीहरूले भिडियो पठाइरहेका छन् ।

विजेता छनोट गर्न पारदर्शितामा ध्यान दिनु पर्ने भएकाले पब्लिक भोटिङ र अनलाइन भोटिङको व्यवस्था गरिएको संयोजक रेग्मीले जानकारी दिए ।

गैरआवासीय नेपाली संघ एनआरएनए मध्यपूर्व संयोजक एवं ग्लोबल सिंगिङ आइडलका मुख्य सहयोगी प्रविण गुरुङले पनि प्रवासमा रहेका नेपालीहरूलाई उत्साहका साथ प्रतियोगितामा भाग लिन आग्रह गरेका छन् ।

दीपिका गजुरेलः सबैलाई जितेकी उत्कृष्ट वकीलसँग अन्तरवार्ता

प्रकाशित : ११ बैशाख २०७८, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल