Logo

आर्थिक

विद्यार्थीहरूको नोबेल पुरस्कार हल्ट प्राइजको ‘इम्प्याक्ट समिट’ भोलिदेखि



काठमाडौं, ९ वैशाख – विद्यार्थीहरूको नोबेल पुरस्कारका रुपमा परिचित हल्ट प्राइजको ‘इम्प्याक्ट समिट’ वैशाख १० गतेदेखि हुने भएको छ । हल्ट प्राइजको इम्प्याक्ट समिट यही अप्रिल २३ देखि २५ सम्म (२०७८ वैशाख १० देखि १२ सम्म) आयोजना हुन लागेको हो ।

दुई दिनसम्म चल्ने यस कार्यक्रममा ‘फुड फर गुड’ थिममा आधारित रहेर व्यावसायिक विचारको प्रतिस्पर्धा हुनेछ । हल्ट प्राइजका कम्युनिटी बिल्डर सुसन डंगोलका अनुसार हरेक वर्ष हल्ट प्राइज फाउण्डेसनले हल्ट इन्टरनेशनल विजनेश स्कुल, क्लिन्टन ग्लोबल इनिसिएटिभ, संयुक्त राष्ट्रसंघ र एजुकेशन फर्स्टसँगको सहकार्यमा कार्यक्रम आयोजना गरिन्छ ।

कार्यक्रममा दिगो विकासको लक्ष्यलाई दृष्टिगत गर्दै विद्यार्थीमा ‘सोसल च्यालेन्ज थिन्किङ’बारे प्रस्ट्याई एउटा विषय घोषणा गरिने आयोजकले जानकारी दिएको छ ।

जसमा रहेर विद्यार्थीहरुले आफ्नो व्यवसायको रुप देखाई १ मिलियन डलरको लागि प्रस्तुति दिने गर्छन् । हल्ट प्राइज चार वटा चरण पुरा गरी सम्पन्न हुनेछ। कार्यक्रम अनक्याम्पसबाट शुरु हुने डंगोलले बताए। जसमा स्नातक वा सोभन्दा माथि अध्यनरत विद्यार्थीहरूले तीनदेखि चार जनाको समूह बनाइ प्रतिस्पर्धा गर्छन् । हरेक अनक्याम्पसको विजेताले इम्प्याक्ट समिटमा प्रतिस्पर्धा गर्ने गर्छन् ।

जयकिशन पञ्जियार कोर्डिनेटर, महिमा पाण्डे स्पोन्सरशीप कोर्डिनेटर, कृतिक रावल मिडिया म्यानेजर, दीपक शाह जडेज कोअर्डिनेटर, अनिल पोखरेल टिम कोर्डिनेटर, रोहित अधिकारी सोसेल मिडिया म्यानेजर, अञ्जिल विश्वकर्मा ग्राफिक्स एण्ड भिडियो कोर्डिनेटर र सुशील बुढाथोकी एडभाइजर रहेका छन् ।

जुन विश्वका करिब ५० वटा शहरमा हुने गर्छ । इम्प्याक्टको बिजेताले एसिलियटरमा प्रतिस्पर्धा गर्नेछन् । जुन दुई चरणमा हुन्छ। पहिलो एसिलिएटर भर्चुअल हुने गर्छ । अर्को चाँहि विश्व प्रसिद्ध चलिचत्र ह्यारी पोटरको निर्देशन भएको महल एस्ड्रिज क्यासलमा हुन्छ ।

हल्ट प्राइजको एसिलिएटरलाई विश्वकै उत्कृष्ट एसिलिएटर तथा इन्क्युबेसनको रुपमा लिने गरिन्छ । एसिलियटरबाट उत्कृष्ट ६ टिमको छनोट हुने गर्छ । जो संयुक्त राष्ट्र संघको मुख्यालय न्यूयोर्कमा हुने फाइनलमा प्रतिस्पर्धा गर्ने गर्छन् ।

फाइनलमा विजेता हुने एक टिमले आफ्नो व्यवसायको स्तरबृद्धिको १ मिलियन अमेरिकी डलर बराबरको फन्डिङ प्राप्त गर्छन् । संसारकै सबैभन्दा ठूलो सामाजिक उद्यमशीलताको यस कार्यक्रममा विश्वका १ सय २१ भन्दा बढी मुलुकहरूबाट तीन हजारभन्दा बढी विश्वविद्यालयका विद्यार्थीहरूको सहभागिता हुने गर्छ ।

यसबाहेक हल्ट प्राइजले विद्यार्थीहरूलाई उद्यमशीलता, नेतृत्व विकास लगायत विभिन्न विषयमा निःशुल्क तालिम तथा प्रशिक्षण पनि प्रदान गर्दै आएको छ । र, साथै उदाउँदै गरेको व्यवसायीहरूलाई लगानिकर्तासँग तालमेल गराइदिने गरेको छ ।

नेपालमा हल्ट प्राइजको इतिहास पाँच वर्ष पुरानो रहेको छ । सन् २०१६ मा इन्जिनिरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसले (आइओई) र काठमाडौं विश्वविद्यालयले भित्र्याएका थिए ।

सो वर्षको काठमाडौं विश्वविद्यालयको अनक्याम्पस कार्यक्रम विश्वको उत्कृष्ट दश अनक्याम्पस कार्यक्रममा पर्न सफल भएको थियो । त्यसको एक वर्षपछि (सन् २०१७) स्कुल अफ म्यानेजमेन्ट त्रिभुवन विश्वविद्यालयको यस कार्यक्रममा प्रवेश भयो । चौथो वर्षसम्म प्रवेश गर्दा हल्ट प्राइजको नेपालमा कुल १० वटा अनक्याम्पस कार्यक्रम भयो । सन् २०२०–२१ मा यो संख्या बढेर ६३ सम्म पुगेको छ ।

यस वर्षको काठमाडौं इम्प्याक्ट समिट ललितपुरस्तिथ एआईटीएम कलेजमा एप्रिल २३ देखि २५ (२०७८ वैशाख १० देखि १२) सम्म हुने भएको छ । जसमा देशभरिबाट करिब ९० वटा अन्क्याम्पसका विजेता समूहले प्रतिसपर्धा गर्नेछन् । इम्प्याक्टको विजेता टोली लण्डनमा एसिलिएटर राउडमा छनोट हुनेछन् । यसपालिको इम्प्याक्ट समिटको नेतृत्व हल्ट प्राइज नेपालका कम्यूनिटी बिल्डर सुसन डंगोलले गर्दैछन् ।

हल्ट प्राइज नेपालमा पहिलो पटक आयोजना हुन लागेको भए पनि नेपाली विद्यार्थीहरुले यो कार्यक्रममा विगत पाँच वर्षदेखि सहभागिता जनाउँदै आएका छन् ।

प्रकाशित : ९ बैशाख २०७८, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल