Logo

समाचार

मदनकृष्ण श्रेष्ठसहित परिवारका ५ जनालाई कोरोना संक्रमण, फेसबुकमार्फत् गरे मर्मस्पर्शी अपिल



कलाकार मदनकृष्ण श्रेष्ठ परिवारका सदस्यका साथमा। र, श्रेष्ठकाे फेसबुक स्टाटस।

काठमाडौं, ६ वैशाख – वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठसहित उनको परिवारका पाँच जना सदस्यलाई कोरोना भाइरसको संक्रमण देखिएको छ।

कलाकार श्रेष्ठले फेसबुक पेजमा स्टाटस लेख्दै आफू, छोरा, छोरी, बुहारी र नातिनी पाँचै जनालाई कोरोना संक्रमण भएको जानकारी गराएका हुन्।

श्रेष्ठले संक्रमण भइसकेपछि निकै सास्ती हुने भएकाले खेलाची नगर्न र कोरोनाबाट सतर्क रहन अपिल पनि गरेका छन्।

‘म लगायत मेरा छोरा, छोरी बुहारी र नातिनी पाँचै जनालाई कोरोना पोजेटिभ देखिएको छ, भइसकेपछि सास्ती चाहिँ हुने रहेछ, त्यसैले यो भाइरसलाई खेलाची नगर्नुहोला, जति सकिन्छ कोरोनाबाट सतर्क रहनुहोला,’ श्रेष्ठले लेखेका छन्।

हेर्नुहाेस् नेपाली कांग्रेसका प्रभावशाली नेता गगन थापाकाे अन्तरवार्ता

प्रकाशित : ६ बैशाख २०७८, सोमबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल