Logo

स्वास्थ्य

घाँटीको क्यान्सर कति खतरनाक ? के उपचार सहजै सम्भव छ ?



परिचय

घाँटी हाम्रो शरीरको महत्त्वपूर्ण काम गर्ने भाग हो। घाँटीका प्रमुख काम–
१) श्वासप्रश्वास २) खाना ३) आवाज

विभाजन

Oropharynx (घाँटीको मुखबाट सुरु हुने भाग)
Hypopharynx (घाँटीको खानानलीको सुरुवात हुने भाग)
Larynx (आवाज आउने नली र श्वास–प्रश्वासनलीको सुरुको भाग)
यीबाहेक घाँटीमा अन्य महत्वपूर्ण ग्रन्थिहरू हुन्छन्, जस्तै:
Submandibular Salivary Gland (-यालग्रन्थी)
Thyroid Gland (थाइराइड ग्रन्थी)
टन्सिल, जिब्रोको फेद (Base of Tongue Lalleculae)

प्रकार

घाँटीको क्यान्सर अंगअनुसार विभिन्न प्रकारका हुन्छन्।
थाइराइडको क्यान्सर

Salivary Gland Tumor

Cancer of Larynx

Cancer of Oropharynx /Hypopharynx
Cancer of Sarcoma (मांसपेशीबाट आउने क्यान्सर)
Lymphoma (ग्रन्थिहरू बढ्ने क्यान्सर)
Matastasis of unknown origin (अन्यत्रबाट सरेको क्यान्सर जसको मुख्य ठाउँ (माउ) थाहा हुँदैन।

कारण

घाँटीको क्यान्सरका विभिन्न कारण छन्। तीमध्ये केही यस्ता छन्–
सुर्तीजन्य पदार्थको प्रयोग
मदिरा सेवन
वंशानुगतकारण शरीरका विभिन्न जिनहरूको प्रभावले
वातावरण दूषित हुनाले विभिन्न टक्सिनका कारणले
विकीरणका कारणले
पोलेका खानेकुराको प्रयोगले

लक्षण

आवाज बस्ने
खाना निल्न गाह्रो हुने
श्वास–प्रश्वासमा गाह्रो हुने
घाँटीमा डल्ला, गिर्खा आउने
वजन कम हुने
ज्वरो आउने, आदि।

पहिचान

परीक्षण: विशेषज्ञ चिकित्सकद्वारा।
घाँटीको इन्डोस्कोपी: श्वासनली या खानानलीमा मासु पलाएको–नपलाएको हेर्ने।
वायप्सी: मासुको परीक्षण।
FNAC: गिर्खा भए त्यसको पानी थुतेर परीक्षण गर्ने।
USG वा CT Scan: रोगको अवस्था र स्टेजिङका लागि।
यी बाहेक रोग र रोगीको अवस्था हेरेर अरू परीक्षण गर्नुपर्ने हुनसक्छ।

उपचार

मुख्य ४ उपचार पद्धति–

१) रेडियोथेरापी: विकिरणद्वारा क्यान्सरलाई मार्ने।
२) केमोथेरापी: औषधिले क्यान्सर सेललाई मार्ने।
३) शल्यक्रिया: अप्रेसनद्वारा क्यान्सरलाई निकाल्ने।
४) इमुनोथेरापी:

रोगीको अवस्था र रोगको स्टेजिङअनुसार एक या सबैथरिको उपचार आवश्यक हुन सक्छ। रोगी ढिलो गरी आएमा Palliative Therapy द्वारा दुखाइ र अन्य समस्या निवारण गर्न सकिन्छ।

सावधानी

मख्यतः सुर्तीजन्य पदार्थ, मदिरा सेवनजस्ता कारणबाट बच्न सकिन्छ।
समस्या देखिनासाथ विशेषज्ञसँग परीक्षण गराउने।

प्रकाशित : २९ माघ २०७७, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल