Logo

प्रदेश-१

आम्बेगुदिन काठमाडौं सेवा समाज: अध्यक्षमा राज थेबे, विकास र समृद्धिले जोड्ने उद्देश्य



काठमाडौं, ८ फागुन – राजधानी काठमाडौंलाई कर्मभूमि बनाएका सिरिजंघा गाउँपालिका–२ आम्बेगुदिनबासी एकताबद्ध भएका छन्। शनिबार कोटेश्वरमा आयोजित कार्यक्रममा आम्बेगुदिन–काठमाडौं सेवा समाज गठन गरिएको हो।

सेवा समाजको अध्यक्षमा राज थेबे चयन भएका छन्। थेबे सामाजिक सेवाको क्षेत्रसँगै विद्यार्थी राजनीतिमा पनि सक्रिय रहेका छन्।

नवगठित समितिको उपाध्यक्षद्वय रुद्र थेबे र निता तिवारी रहेका छन्। महासचिवको जिम्मेवारी रक्की थेबेले पाएका छन्। सेवा समितिको सचिवमा प्रल्हाद चौहान (पर्शराम) र कोषाध्यक्षमा राज लिम्बू चयन भएका छन्।

सेवा समिति सदस्यहरूमा सिर्जना लिम्बू, पूजा थेबे, सुजा थेबे, रामकुमार तेम्बे, देउमान बानियाँ (युमन), जंग थेबे र दीपेन थेबे चयन भएका छन्।

संस्थालाई आर्थिक रुपमा सशक्त बनाउनका लागि रकम पनि संकलन गरिएको सचिव प्रल्हाद चौहानले बताए। चौहानका अनुसार संस्था गठन भएको दिन शनिबार ३० हजार ४ सय रुपैयाँ संकलन भएको छ।

‘आम्बेगुदिनसँगै ताप्लेजुङको सेवामा’

आम्बेगुदिन–काठमाडौं सेवा समाजका नवनियुक्त अध्यक्ष राज थेबेले संस्थालाई जिल्लाको सम्पूर्ण सेवामा लगाइने बताएका छन्। कुनै किसिमको समस्यामा जिल्लाबासी परेमा आवश्यक सहयोग जुटाउन पहल गरिने उनले बताए।

‘आम्बेगुदिनलाई पहिलो प्राथमिकता दिइने छ, र जिल्लाको कुनै ठाउँमा केही गर्नु परेमा हामी अवश्य पनि गर्ने छौं, संस्थालाई सबैको साझा बनाउन प्रयत्न गर्ने छौं,’ थेबेले भने।

दीपाश्री निरौलालाई हटाएर करिश्मा मानन्धरलाई किन भित्र्याए जीतु नेपालले ?

प्रकाशित : ८ फाल्गुन २०७७, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल