Logo

प्रदेश-१

बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचन: सुवास भट्टराईकाे नेतृत्वमा उम्मेदवारी घाेषणा



बिर्तामाेड, ५ फागुन – बिर्तामोड नगर उद्योग वाणिज्य संघको आगामी नेतृत्वका लागि उम्मेदवारी घोषणा गरेका सुवास भट्टराईले व्यवसायिक हकहित र बिर्तामोड नगरको विकास लक्षित विभिन्न २७ बुँदे प्रतिवद्धता अघि सारेका छन्।

बिर्तामोडमा सामाजिक व्यक्तित्वको छवि बनाएका भट्टराईको संयुक्त प्यानलको वरिष्ठ उपाध्यक्षमा नारायण चिमरिया, उद्योग उपाध्यक्षमा कृष्ण पौडेल, वाणिज्य उपाध्यक्षमा रामकृष्ण अधिकारी, महिला उपाध्यक्षमा उर्मिला खरेल र महासचिवमा अर्जुन मैनाली रहेका छन्।

त्यस्तै सचिवमा प्रकाश घिमिरे र धनबहादुर डाँगीको नाम आए पनि कोषाध्यक्ष, सहकोषाध्यक्ष लगायतका पदलाई समावेशी बनाउनका लागि अहिले नै टुङ्गो लागि नसकेको बताइएकाे छ।

संघको आगामी फागुन १६ गते हुने अधिवेशनमामा संयुक्त व्यवसायी प्यानलबाट अध्यक्षको दाबेदारी प्रस्तुत गरेका भट्टराईले बिर्तामोड बजारको शान्ति, सुरक्षा र व्यवस्थित पार्किङको व्यवस्था मिलाउने, रात्रीकालीन बजार सञ्चालन तथा यातायातको सुविधा र सुरक्षा मिलाउने आदि एजेण्डा प्रस्तुत गरेका छन्।

साप्ताहिक बजार बन्दलाई प्रभावकारी बनाउने, संघको सचिवालयलाई व्यवसायी मैत्री बनाउनुका साथै अतिथि सदनको भवन र हललाई समयसापेक्ष बनाउने, व्यवसाय गर्न इच्छुकलाई व्यवसायको अवसर, प्रवर्द्धनका लागि विज्ञद्वारा तालिम प्रदान गर्ने, पान तथा भ्याट दर्ताका लागि व्यवसायी र सचिवालयबीच समन्वयात्मक भूमिका बढाउने, बिमासहितको राहत कोष स्थापना गर्ने एजेण्डा भट्टराईले सार्वजनिक गरेका छन्।

साथै प्राकृतिक विपत्ति र दुर्घटनामा व्यवसायी तथा उद्यमीलाई प्रदान गर्ने, बिर्तामोड शहरको फोहोर मैला र सडकबत्ती व्यवस्थापन र मर्मतमा समन्वयात्मक तथा दबाबमूलक भूमिका खेल्ने, बिर्तामोडमा हुने दैनिक कारोबारको रेकर्ड प्रक्षेपण गरी प्रकाशन/प्रशारण गर्ने भट्टराईकाे याेजना छ।

व्यावसायिक गतिविधि समेटिएको बुलेटिन प्रकाशन गर्ने, छलफल र संवादको माध्यमबाट थोक तथा खुद्रा व्यवसायी बीचको समस्या समाधान गर्ने, व्यवसायीहरूको अभिलेखीकरण गर्नुका साथै दैनिक गतिविधि डिजिटलाइज्ड गर्ने, संस्थाका कार्यसमिति र कर्मचारीको क्षमता अभिबृद्धिका लागि तालिम सञ्चालन गर्ने लगायतका प्रतिवद्धता सार्वजनिक गरिएको छ।

त्यस्तै स्थानीय तहसँग समन्वयमा बजारको विकासका लागि ठोस कार्यक्रम र योजना निर्माण गर्ने, कृषिथोक बजार व्यवस्थापन समितिसंग सहकार्यमा व्यवसायीको हितमा कार्यक्रम ल्याउने, सामाजिक संघसंस्थासँग समन्वय तथा साझेदारी गर्ने, स्थानीय सरकारको करलाई व्यवसाय अनुसार दर घटाउन पहल गर्ने, व्यापार तथा उद्योगलाई प्रवर्द्धनका लागि मेला/महोत्सव प्रदर्शनी र सञ्चालन गर्ने याेजना पनि रहेकाे छ।

अन्य उद्योग वाणिज्य संघ, वस्तुगत संघ र निजी क्षेत्रसँगको सहकार्यलाई विस्तार गर्ने, रक्तदान, स्वास्थ्य शिविर, उद्दार, राहत वितरण जस्ता सामाजिक सेवाका कामहरु सञ्चालन गर्ने, बैंक तथा वित्तिय क्षेत्र र व्यवसायीबीच हुने अन्तरविरोध हटाउन मध्यस्थताको भूमिका खेल्ने, उद्योग तथा व्यापार क्षेत्रका राष्ट्रिय–अन्तर्राष्ट्रिय सूचना, उद्यमशीलता र व्यवसाय प्रवर्द्धनसम्बन्धीका प्रेरणात्मक अनुभव र सूचना, सदस्यहरुको विवरण, गुनासा, सुझाव संस्थाका गतिविधि प्रस्तुत गर्ने एप्स निर्माण गर्ने, व्यवसायी, (निजी क्षेत्र) तथा सरकारसँगको समन्वयमा नगरलाई पर्यटनसँग जोड्न बिर्तामोडमा विजनेशपार्क र प्रदर्शनी स्थल निर्माण गर्ने याेजना भट्टराईकाे टिमले अघि सारेकाे छ।

बुधबारे हटियाका व्यवसायीका समस्या समाधानका लागि स्थानीय तहसँग समन्वय गर्ने, उपभोक्ता आगमनलाई सहज बनाउन चारवटा आकाशे पुल निर्माण गर्न पहल गर्ने लगायतका प्रतिवद्धता उनले गरेका छन्। राष्ट्रिय वाणिज्य संघका जिल्ला अध्यक्ष रहेका भट्टराई विर्तामोडमा मुख्य कार्यालय रहेको सिम्रिक सहकारीका अध्यक्ष तथा अलैंची व्यवसायी महासंघका महासचिव हुन्।

दीपाश्री निरौलालाई हटाएर करिश्मा मानन्धरलाई किन भित्र्याए जीतु नेपालले ?

प्रकाशित : ५ फाल्गुन २०७७, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल