Logo

मनोरञ्जन

आवेश कुइँकेलको ‘चोखो माया’मा विकेशराज र कविताको रोमान्स (भिडियो)



लण्डन, ४ फागुन – गायक आवेश कुइँकेलको सुमधुर आवाजमा रहेको ‘चोखो माया’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ। माया प्रेम र विविध स्मृतिहरू संगालिएको म्यूजिक भिडियो सार्वजनिक गरिएको हो।

रवीन्द्र (रवि) मल्लले लेखेको गीतमा कल्याण सिंह, दिनेश श्रेष्ठ, लुमन स्थापित र सञ्जीव मैनालीले संगीत भरेका हुन्। बेलायतका विभिन्न स्थानमा छायाङ्कन गरिएको म्यूजिक भिडियोमा विकेशराज बस्नेत र कविता विष्टको अभिनय रहेको छ।

मोडल बस्नेतले बेलायतमा करिब एक दर्जन बढी म्यूजिक भिडियोमा अभिनय गरिसकेका छन्।

प्रणय दिवसको अवसर पारेर सार्वजनिक गरिएको म्यूजिक भिडियोलाई बेलायतलाई कर्मथलो बनाएका आशिष श्रेष्ठले छायाङ्कन, सम्पादन र निर्देशन गरेका हुन्।

दीपाश्री निरौलालाई हटाएर करिश्मा मानन्धरलाई किन भित्र्याए जीतु नेपालले ?

प्रकाशित : ४ फाल्गुन २०७७, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल