Logo

राजनीति

विवेकशील साझाद्वारा सञ्चार तथा सूचना प्रविधि विभाग गठन, परियारलाई प्रमुखको जिम्मेवारी



काठमाण्डौं, २ फागुन – विवेकशील साझा पार्टीले सञ्चार तथा सूचना प्रविधि विभाग गठन गरेको छ। पार्टीका केन्द्रीय सचिवालय सदस्य प्रकाशचन्द्र परियारको नेतृत्वमा विभाग गठन गरिएको हो।

आमसञ्चार, सामाजिक सञ्जाल, सूचना र प्रविधिसँग पार्टीका गतिविधिलाई जोड्न विभाग गठन गरिएको विभागका प्रमुख प्रकाशचन्द्र परियारले बताएका हुन्।

नवगठित सञ्चार तथा सूचना प्रविधि विभागको उपप्रमुखमा हरिशप्रसाद भट्ट, सदस्यहरूमा रोशनी अधिकारी, आशिष जोशी रेग्मी, कृष्णा ताम्राकार, सूर्यदीप रेग्मी, उद्धवराज भेटवाल, नरेश भण्डारी र मनन महर्जन चयन भएका छन्।

यसैगरी, पार्टीका प्रवक्ता शरदराज पाठक र केन्द्रीय कार्यालय व्यवस्थापन विभाग प्रमुख दीपकप्रसाद उप्रेती विभागको पदेन सदस्य रहेका छन्।

विभागीय प्रमुखको जिम्मेवारी पाएका परियार पत्रकारिताको पृष्ठभूमिबाट राजनीतिमा आएका हुन्। प्रष्ट वक्ता र कुशल नेतृत्व क्षमता भएका परियार सञ्चारक्षेत्रमा लामो समय अनुभव हासिल गरेर राजनीतिक अभियानमा औपचारिक रुपमा लागेका हुन्।

नेपाली वैज्ञानिक महावीर पुनको विश्वलाई चकित बनाउने आविष्कार (अन्तरवार्ता)

प्रकाशित : २ फाल्गुन २०७७, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल