Logo

राजनीति

मन्त्रिपरिषद्को निर्णय: वैशाख १७ गते पहिलाे चरणमा ४० जिल्ला र २७ गते ३७ जिल्लामा निर्वाचन



काठमाडौं, २७ माघ – सरकारले आगामी वैशाख १७ गते ४० जिल्लामा र २७ गते ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दुई चरणमा मध्यावधि निर्वाचन गर्ने निर्णय गरेको हो।

वैशाख १७ गते कर्णाली, लुम्बिनी, गण्डकी र प्रदेश २ का ४० जिल्लामा पहिलो चरणमा निर्वाचन गर्ने र वैशाख २७ गते दोस्रो चरणमा सुदूरपश्चिम, बागमती र प्रदेश १ का ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको हो।

आफूलाई पार्टीभित्रैबाट काम गर्न नदिइएको भन्दै प्रधानमन्त्री ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गर्दै ताजा जनादेशका लागि वैशाख १७ र २७ गते निर्वाचन गर्न सिफारिस गरेका थिए।

सो सिफारिसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले त्यसैदिन सदर गरिदिएकी थिइन्। त्यसविरुद्ध परेका एक दर्जन बढी रिटमाथि सर्वोच्च अदालतमा बहस हुँदै आएको छ।

राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनसँग गरिएको अन्तरवार्ता (भिडियो)

प्रकाशित : २७ माघ २०७७, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल