Logo

समाचार

आचार्य र थापा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभेलप्मेन्ट लिमिटेडको सञ्चालक सदस्य निर्वाचित



काठमाडौं, २६ माघ – एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेण्ट लिमिटेडको आठौं वार्षिक साधारणसभाले बेलायतलाई कर्मथलो बनाएका सफल व्यवसायी कुल आचार्य तथा अफ्रिकी मुलुक नाइजेरियालाई कर्म थलो बनाएका लगानीकर्ता तथा वरिष्ठ प्रवन्धक हिक्मत थापालाई सञ्चालक समिति सदस्य पदमा सर्वसम्मत रुपमा चयन गरेको छ।

आचार्य गैरआवासीय नेपाली संघका केन्द्रीय सल्लाहकार हुन्। थापा संघका पूर्व केन्द्रीय कोषाध्यक्ष हुन्। आइतबार होटेल आकामामा सम्पन्न वार्षिक साधारणसभाले आगामी चार वर्षका लागि सञ्चालकको रुपमा शेयरधनीहरु मध्येबाट जीवनाथ (जीवा) लामिछाने, शेष घले, महेश श्रेष्ठ र कृष्ण पाण्डेलाई पुनः निर्वाचित गरेको थियो।

जीवा लामिछाने र शेष घले एनआरएनएका पूर्व अध्यक्ष हुन्। महेश श्रेष्ठ संघका वर्तमान कोषाध्यक्ष हुन्। त्यस्तै कृष्ण पाण्डे हङकङस्थित व्यवसायी हुन्। साधारणसभाले सर्वसाधारण शेयरधनीहरूमध्येबाट अम्बिका पौड्याल, डा‍. भरत थापा तथा श्रीमती संगीता केसीलाई सञ्चालकको रुपमा निर्वाचित गरेको छ।

नव निर्वाचित सञ्चालक समिति सदस्य कुल आचार्यले नेपालमा एनआरएन लगानी सम्बन्धमा सन् २०१२ जनवरीमा लण्डनमा बसेको पहिलो बैठकको आफूले अध्यक्षता गर्ने अवसर पाएको स्मरण गरे। ‘स्थापनाको छोटो अवधिमै यो कम्पनीले महत्त्वपूर्ण परियोजनाहरू अगाडि बढाएको छ, म संस्थापक तथा सर्वसाधारण लगानीकर्ताहरूको चाहना बमोजिम कम्पनीको पूँजी बढाउने र लगानीको दायरा बढाउनेतर्फ प्रयास गर्ने छु,’ आचार्यले भने।

सल्लाहकार आचार्यले राष्ट्र निर्माणमा प्रवासमा बसेका नेपालीहरूले कसरी योगदान पुराउन सक्छन् भन्ने दर्शाउने उद्देश्यले पनि कम्पनीलाई अगाडी बढाउने प्रतिवद्धता व्यक्त गरेका छन्।

अर्का नवनिर्वाचित सदस्य हिक्मत थापाले नेपालमा रोजगारी सिर्जना गर्ने र नेपालको अर्थतन्त्रमा टेवा पुराउने गैरआवासीय नेपाली संघको उद्देश्य भएकाले आगामी दिनमा कृषिजन्य तथा उत्पादनमूलक उद्योगहरुमा लगानी बढाउन आफुले जोड दिने बताए।

‘हामीले सफलतापूर्वक आयोजनाहरू सम्पन्न गर्दा त्यसले नेपालमा वैदेशिक लगानी बढाउन पनि मद्दत पुग्छ,’ थापाले भने, ‘अहिले विभिन्न अफ्रिकी मुलुकहरु नै विदेशी लगानी आकर्षित गर्न आपसमा होडबाजी गरिरहेका छन्, र लगानीकर्ताहरुलाई कर छुट जस्ता सुविधा दिइरहेका छन्, नेपालले पनि झन्झटिला प्रक्रियाहरुलाई सहज बनाउँदै एकद्वार प्रणालीलाई अरु प्रभावकारी बनाउनु पर्छ।’

उक्त कम्पनीका बेलायतस्थित एकजना संस्थापक लगानीकर्ता पशुपति भण्डारीले ८ सयभन्दा बढी गैरआवासीय नेपालीहरु संलग्न रहेको उक्त कम्पनी सामूहिक लगानीको एक सफल उदाहरणको रुपमा स्थापित हुँदै गरेको देख्दा आफुलाई खुशी लागेको बताए।

‘अब विश्वभरि छरिएका नेपालीहरुलाई यसै कम्पनीमार्फत् नेपालका विभिन्न क्षेत्रमा लगानी गर्न म आह्वान गर्दछु,’ भण्डारीले भने। उनले पर्यटन, कृषि, वित्त लगायत लगानीका नयाँ क्षेत्रहरु पहिचान गरी अगाडी बढ्न पनि नयाँ सञ्चालक समितिलाई सुझाव दिए।

विदेशको कमाइ नेपालमा लगानी

विदेशमा ज्ञान र शीपको प्रयोग गरी आर्जन गरी नेपालको उन्नयनमा लगानी गर्न स्थापना गरिएको संस्था हो, एनआरएन आइडिएल अर्थात् गैरआवासीय नेपाली पूर्वाधार तथा विकास लिमिटेड।

कम्पनी ऐन अनुसार विक्रम संवत् २०६३ सालमा (सन् २०१२ सेप्टेम्बर) मा स्थापना भइ दर्ता भएको यो कम्पनीले विशेषगरी नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्दै आइरहेको छ। शुरुमा एनआएएन लगानी कम्पनी लिमिटेड रहेकोमा सन् २०१७ फेब्रुअरीमा लगानीको क्षेत्र विस्तार गरी यस कम्पनीको नाम परिवर्तन गरिएको थियो।

गैरआवासीय नेपाली संघको पाँचौं विश्व सम्मेलनले पारित गरेअनुसार यस कम्पनीले नेपाल सरकारसँगै नेपालको निजी क्षेत्रको अग्रणी संस्था नेपाल उद्योग वाणिज्य महासंघसँग समेत साझेदारी गरी काम गर्दै आइरहेको छ।

विदेशमा रहेका नेपालीहरूको सामूहिक लगानीका रुपमा यसले विभिन्न आयोजनाहरूको निर्माणमा हात हालेको छ। यसले लगानीकर्ताहरूका लागि उत्प्रेरकको काम गर्दै आइरहेको छ।

नेपालमा जलविद्युत उत्पादन क्षेत्रमा सन् २०१३ देखि नै लगानी गर्दै आइरहेको यस कम्पनीले अहिलेसम्म चार वटा जलविद्युत परियोजनामा लगानी गरिसकेको छ। हिमालयन पावर पार्टनर लिमिटेडसँगको सहकार्यमा शुरुमा लगानी गरिएको लमजुङस्थित २७ मेगावाट क्षमताको दोर्दी खोला जलविद्युत आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।

त्यस्तै सानिमा मध्यतमोर जलविद्युत लिमिटेडसँगको साझेदारीमा ताप्लेजुङस्थित ७३ मेगावाट क्षमताको मध्यतमोर जलविद्युत आयोजना, श्वेतगंगा जलविद्युत लिमिटेडसँगको साझेदारीमा रामेछापस्थित २८ दशमलव १ मेगावाट क्षमताको लिखु जलविद्युत आयोजना र माथिल्लो मैलुनखोला जलविद्युत आयोजनासँगको साझेदारीमा १४।३ मेगावाट क्षमताको रसुवास्थित माथिल्लो मैलुङखोला जलविद्युत आयोजना यस कम्पनीले हालसम्म गरेका लगानीका आयोजना हुन्।

नेपाली वैज्ञानिक महावीर पुनको विश्वलाई चकित बनाउने आविष्कार (अन्तरवार्ता)

प्रकाशित : २६ माघ २०७७, सोमबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल