Logo

समाचार

नेपाली पर्वतारोहीद्वारा ‘माउण्ट केटु’को कीर्तिमानी आरोहण, पाकिस्तानी राष्ट्रपतिले दिए बधाई



काठमाडौं, ९ माघ – नेपाली पर्वतारोही टोलीले हिउँदको महिनामा विश्वको दोस्रो अग्लो हिमाल केटुको सफल आरोहण गरेको छ। हिउदको महिनामा पनि सफल आरोहण गरेर नेपाली आरोहण दलले कीर्तिमान कायम गरेको हो।

१० जनाको पर्वतारोही टोलीले स्थानीय समय अनुसार शनिबार साँझ ५ बजे केटु हिमालको सफल आरोहण गरेको भूतपूर्व ब्रिटिश गोर्खा सैनिक निर्मल पुर्जाले जानकारी दिएका हुन्।

३० वर्षदेखि विश्वका विभिन्न देशका पर्वतारोहीले आरोहण गर्ने प्रयास गरे पनि असफल हुँदै आएको थियो। तर, नेपाली पर्वतारोही टिमले कीर्तिमान राख्दै सफल आरोहण गरेका पुर्जाले बताएका छन्।

पाकिस्तानी राष्ट्रपतिको बधाई

यसैबीच, नेपाली आरोहण दललाई पाकिस्तानमा स्वागत तथा बधाई ज्ञापन गरिएको छ। पाकिस्तानी राष्ट्रपति डा. आरिफ एल्भीले हिमाल केटु आरोहण दललाई बधाई दिएका छन्। कीर्तिमानी आरोहीहरूलाई राष्ट्रपति एल्भीले बधाई ज्ञापन गरेका हुन्।

पाकिस्तानी राष्ट्रपतिले विश्वको दोश्रो शिखर केटु हिमाल आरोहण दललाई पाकिस्तानको राजधानी इस्लामावादस्थित राष्ट्रपति भवनमा स्वागत गरेका हुन्।

एल्भीले केटु हिमालको आरोहण सफल भएसँगै पाकिस्तानको पर्यटन क्षेत्रको विकासका लागि सहयोग पुग्ने धारणा राखेका छन्। दुई देशको सम्बन्धमा अझ प्रगाढ हुने धारणा उनले राखेका छन्।

उक्त अवसरमा पाकिस्तान लागि नेपाली राजदूत तपश अधिकारी, आरोहण टोली प्रमुख निर्मल पुर्जासहितका आरोहीहरूको उपस्थिति रहेको थियो।

मनीषा कोइरालाको राष्ट्रवादी अभिव्यक्तिले भारतमा मच्चियो हलचल

प्रकाशित : ९ माघ २०७७, शुक्रबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल