Logo

समाज

विश्वप्रकाशको टेलिभिजन शो ‘ऐना’ बुधबारबाट कान्तिपुर टेलिभिजनमा प्रसारण हुँदै



काठमाडौं, ५ माघ – सामाजिक विषयवस्तुमा आधारित, नवीनतम् प्रस्तुतिसहित टेलिभिजन शो ‘ऐना’ बुधबारबाट प्रसारण हुने भएको छ । २६ एपिसोडमा निर्माण गरिएको कार्यक्रम ऐना बुधबार राति ९ बजेदेखि कान्तिपुर टेलिभिजनमा प्रसारण हुने भएको हो।

नेपाली राजनितिमा आफ्नो बेग्लै पहिचान स्थापित गरिसकेका नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सञ्चालन गर्ने ‘ऐना’ टेलिभिजन शोमार्फत् नेपाली समाजमा व्याप्त विभेद, अन्याय, हानिकारक प्रथा, परम्परा जस्ता सामाजिक विषयवस्तुहरू उठान गरिँदै छ।

मानवीय संवेदनशीलताका पक्षलाई उजागर गर्ने कार्यक्रम ‘ऐना’मा विविध सामाजिक पक्षलाई फरक शैलीमा प्रस्तुत गरिएको कार्यक्रमा प्रोजेक्ट हेड राधाकृष्ण धितालले बताए।

दी होराइजन मल्टिमिडिया प्रालिले निर्माण गरिरहेको २६ एपिसोडको ‘ऐना’ टेलिभिजन शो यसअघि गत कात्तिक पहिलो सातादेखि प्रसारण गर्ने गरी तयारी थालिएको थियो । कोभिड–१९ प्रकोपका कारण शो दुई महिना पछाडि धकेलिएको हो ।

देशका विभिन्न स्थानमा पुगेर सामाजिक सवालमाथि अध्ययन–अनुसन्धान, घटना र पात्रहरूको मिहीन अवलोकन, घटनासँग सम्बन्धित व्यक्तिसँग स्टुडियोमा अन्तर्वार्ता तथा विज्ञ र सरोकारवालाहरूसँग छलफल गरी कुनै पनि विषयमाथिको सम्पूर्ण ‘प्याकेज’का रुपमा कार्यक्रम ‘ऐना’ तयार गरिएको निर्देशक अमनप्रताप अधिकारीले जानकारी दिएका छन् ।

पहिलो सिजनमा २६ एपिसोड प्रसारण हुने उक्त कार्यक्रममा उठाइने सामाजिक मुद्दा र सम्बन्धित विषयमाथि स्थलगत अनुसन्धान र रिपोर्टिङपश्चात् काठमाडौंस्थित स्टुडियोमा छलफल हुन्छ ।

विदेशमा यस्ता खालका विषयवस्तुहरूमा सीमित टेलिभिजन शो भए पनि नेपालमा यो स्तरको रिसर्च, टिम, मेहनत र लगानीमा हालसम्मकै ठूलो टेलिभिजन शो हुने ‘ऐना’का प्रोजेक्ट हेड धितालले बताएका छन्।

‘ऐना’का प्रोजेक्ट हेड राधाकृष्ण धिताल, निर्देशक अमनप्रताप अधिकारी, प्रोड्युसर जनक पौड्याल, कन्टेन्ट रिसर्च प्रकाश लामिछाने, स्क्रिप्ट राइटरमा आन्विका गिरी, डाइरेक्टर अफ फोटोग्राफी प्रमोद कार्की र पोस्ट प्रोडक्सनमा रमेश थापाको टिम रहेको छ ।

प्रकाशित : ५ माघ २०७७, सोमबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल