Logo

प्रदेश-१

एकैछिनमा लुटियो परिवारको खुशी, दुर्घटनामा बिदा भइन् ‘कलिलो कोपिला’, शोकमा उर्लाबारी



तेजन खड्का, उर्लाबारी, २८ पुस – मोरङको उर्लाबारीमा मोटरसाइकलको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ। दुर्घटनामा परेर उर्लाबारी नगरपालिका–८ खाइवाचोककी ७ वर्षीया अदिती ओझाको मृत्यु भएको हो।

अदितीलाई को२०प ९७२७ नम्बरको मोटरसाइकलले ठक्कर दिएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक उद्धव पोखरेलले जानकारी दिएका हुन्।

अटोबाट ओर्लने क्रममा मोटरसाइकलले अदितीलाई ठक्कर दिएको थियो। उनकी आमा बिपिशा ओझाका अनुसार सोमबार दिउसो २ः३० बजेतिर उत्तरतर्फ जाँदै गरेको मोटरसाइकलले ठक्कर दिँदा बालिका गम्भीर घाइते भएकी थिइन्।

उनको उपचारका क्रममा साँझ ७ः३० बजेतिर विराटनगरको विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा मृत्यु भएको प्रहरी निरीक्षक पोखरेलले बताए।

दुर्घटनामा परेर मोटरसाइकल चालक उर्लाबारी ५ का ५० वर्षीय विनोद अग्रवाल पनि सामान्य घाइते भएका छन्। उनको प्रहरी निगरानीमा गोदावरी अस्पताल उर्लाबारीमा उपचार सम्भव नभएपछि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ।

घटनाको अनुसन्धान थालेको प्रहरीले मोटरसाइकल नियन्त्रणमा लिएको छ। ओझाको मृत्युको घटनाले गाउँ शोकमा डुबेको छ।

मनीषा कोइरालाको राष्ट्रवादी अभिव्यक्तिले भारतमा मच्चियो हलचल

प्रकाशित : २८ पुस २०७७, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल