Logo

खेलकुद

म्यानचेस्टर सिटी, युभेन्टस् र लिभरपुललाई पछि पार्दै बार्सिलोनाले बनायो नयाँ कीर्तिमान



एजेन्सी – स्पेनिस क्लब बार्सिलोनाले नयाँ कीर्तिमान बनाएको छ। बार्सिलोना लगातार ६ वर्षसम्म सामाजिक सञ्जालमा सबैभन्दा धेरै ‘इन्गेजमेन्ट्स्’ (अर्थात् धेरै संलग्नता) हुने क्लब बनेको छ। 

ब्लिङ्कफायरले सार्वजनिक गरेको तथ्याङ्कअनुसार बार्सिलोनामा लाइक, कमेन्ट र शेयर गरी समग्रमा वर्ष २०२० मा १ दशमलव ६ बिलियन इन्गेजमेन्ट्स् भएको छ। यस मामिलामा बार्सिलोनाले चिरपरिचित क्लबहरुलाई पछि पारेको हो। 

सबैभन्दा धेरै इन्गेजमेन्ट्स् हुने क्लबको दोस्रो स्थानमा इंग्लिस क्लब लिभरपुल रहेको छ। तेस्रो स्थानमा म्यानचेस्टर सिटी रहेको छ। वर्ष २०२० मा दुबै क्लबमा १ दशमलव ४ बिलियन इन्गेजमेन्ट्स् भएको छ। 

यसअघिका लगातार ५ वर्षमा पनि बार्सिलोना सर्वाधिक इन्गेजमेन्ट्स् हुने क्लबको शीर्षस्थानमा रहेको थियो। बार्सिलाेनाले इटालियन क्लब युभेन्टस् र स्पेनिरस महारथी रियल मड्रिडलाई यस मामिलामा लगातार पछि पारिरहेकाे छ।

मनीषा कोइरालाको राष्ट्रवादी अभिव्यक्तिले भारतमा मच्चियो हलचल

प्रकाशित : २७ पुस २०७७, सोमबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल