Logo

खेलकुद

‘सिरी ए’ उपाधि : युभेन्टस्‌ले नजित्ने दावी, इन्टरमिलानको सम्भावना बलियो भएको निष्कर्ष



एजेन्सी – इटालियन सिरी ए फुटबलमा युभेन्टस लगातार १० औं पटक उपाधि जित्ने दाउमा छ। तर, लिगको आधाआधि खेल सकिएको अवस्थामा युभेन्टसले उपाधि जित्ने सम्भावना कमजोर बन्दै गएको छ।

हाल एसी मिलान अंक तालिकाको शीर्षस्थानमा छ। १६ खेलबाट ३७ अंक जोडेको एसीलाई समान खेलबाट ३६ अंक जोडेको इन्टर मिलानले पछ्याइरहेको छ। १६ नै खेल खेलेको रोमा ३३ अंकको साथ तेस्रो स्थानमा रहँदा युभेन्टस १५ खेलबाट ३० अंक जोड्दै तालिकाको चौथो स्थानमा छ।

यसैबीच, इटालिमा गरिएको एक सर्वेक्षणले युभेन्टसले उपाधि नजित्ने दाबी गरेको छ। फुटबल इटालियाले सिरी ए टिमका म्यानेजरहरुलाई उपाधि कसले जित्छ भनेर एक सर्वेक्षण गरेको थियो। १६ प्रशिक्षकहरुले उक्त सर्वेक्षणमा आफ्नो मत व्यक्त गरेका थिए।

११ प्रशिक्षकले यस सिजनको उपाधि इन्टर मिलानले जित्ने बताएका थिए। एक प्रशिक्षकले युभन्टसले जित्ने बताए। दुईले टप ४ बाहिर रहेका टिमको नाम लिँदा ३ प्रशिक्षकले तटस्थ बसेका थिए।

युभेन्टस यसअघि सन् २०१५–१६ सिजनमा यस्तै अवस्थामा थियो। तर, त्यो सिजन अन्त्यमा युभेन्टस नै च्याम्पियन बनेको थियो। हाल पनि युभेन्टसका फ्यान सिजन २०१५–१६ जस्तै हुनेमा विश्वस्त देखिन्छन्।

मनीषा कोइरालाको राष्ट्रवादी अभिव्यक्तिले भारतमा मच्चियो हलचल

प्रकाशित : २७ पुस २०७७, सोमबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल