Logo

खेलकुद

रोनाल्डो भर्सेस् मेसी : फुटबल मैदानमा १० वर्ष, गोलमा को छन् अगाडि ?



एजेन्सी – अर्जेन्टिनी फरवार्ड लियोनल मेसी र पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो वर्तमान फुटबलका चिरपरिचित प्रतिद्वन्द्वी हुन्। मेसी र रोनाल्डो फुटबलमा सर्वाधिक धेरै तुलना हुने जोडी पनि हो।

विभिन्न तथ्याङ्कलाई आधार बनाई मेसी र रोनाल्डोबीच तुलना हुने गर्दछ। दुईमध्ये को उत्कृष्ट भनेर विभिन्न सर्वेक्षणहरु पनि भइरहन्छन्। फरकफरक तथ्यलाई आधार मानेर गरिने ती सर्वेक्षणहरुमा कहिले मेसी र कहिले रोनाल्डो उत्कृष्ट भएको ठहर गरिन्छ।

रोनाल्डो र मेसी वर्तमान फुटबलका ‘हट केक’ हुन्। मैदानमा देखिए पनि नदेखिए पनि, राम्रो प्रदर्शन गरे पनि खराब प्रदर्शन गरे पनि यी दुई खेलाडी सदैव चर्चाको शिखरमा नै हुने गर्छन्।

सन् २००९ को जुलाईमा रोनाल्डो स्पेनिस क्लब रियल मड्रिडमा आबद्ध भएका थिए। त्यसबेलासम्म मेसी स्पेनिस क्लब बार्सिलोनाको ‘उदीयमान खेलाडी’ बनिसकेका थिए। सन् २००९ देखि नै मेसी र रोनाल्डोको प्रतिस्पर्धात्मक यात्राको शुरुआत भयो।

रियल मड्रिड र बार्सिलोना त्यसअघि नै ला लिगाका चिरपरिचित प्रतिद्वन्द्वी बनिसकेका थिए। दुई खेलाडी दुई ठूला क्लबमा आबद्ध हुनु नै उनीहरुकोबीच प्रतिस्पर्धात्मक र तुलनात्मक यात्राको पहिलो कारण बन्यो।

दोस्रो कारण, उनीहरुले मैदानमा देखाएको उच्च प्रदर्शन। क्लबका हरेक खेलमा दुई खेलाडीले आफूलाई अब्बल साबित गर्दै गए। त्यही समयमा विश्को ध्यान दुई खेलाडीतिर आकर्षित भयो। ला लिगाको एक सिजन दुई खेल(जसलाई इएल क्लासिको भन्ने गरिन्छ)मा एकअर्काविरुद्ध खेल्नको लागि मेसी र रोनाल्डाकोे भेट मैदानमा हुने गथ्र्यो।

ला लिगाबाहेक अन्य प्रतिस्पर्धामा पनि दुई क्लबको भेट हुँदा केन्द्रमा पर्न थाले मेसी र रोनाल्डो। एउटै लिग, उच्च लय र फुटबलप्रेमीको दृष्टिमा परेसँगै दुई खेलाडीबीच अप्रत्यक्षरुपमा व्यक्तिगत प्रतिस्पर्धा शुरु भइसकेको थियो।

सन् २०१८ मा रोनाल्डो इटालियन क्लब युभेन्टसमा आबद्ध भएसँगै यी दुई खेलाडीलाई एकैसाथ मैदानमा देख्न मुश्किल पर्छ। लिग फरक भए पनि फुटबलप्रेमीले उनीहरुको प्रतिद्वन्द्वमा कमी आउन दिएका छैनन्।

यद्यपि, यहाँ हामी पछिल्लो १० वर्षमा मेसी र रोनाल्डोमध्ये कसले धेरै गोल गरे भन्नेबारे चर्चा गर्छौं। हालसम्म मेसीले आफ्नो फुटबल करियरमा क्लब र देशका लागि गरी ८ सय ९४ खेल खेलेका छन्। ती खेलहरूमा मेसी ७ सय १९ गोल गरिसकेका छन्।

त्यस्तै, रोनाल्डोले आफ्नो करियरमा क्लब र देशका लागि कुल एक हजार ३६ खेल खेलिसकेका छन्। उनले ती खेलहरुमा कुल ७ सय ५८ गोल गरेका छन्।

पछिल्लो दश वर्षमा कसको धेरै गोल भनेर एक खोजकर्ताले एउटा तथ्याङ्क निकालेका छन्। उनको तथ्याङक् अनुसार पछिल्लो दश वर्षमा (सन् २०११ देखि हालसम्म) रोनाल्डोले ५ सय ६० गोल गरेका छन्।

मेसीले पछिल्लो दश वर्षमा खेलेका खेलमा कुल ५ सय ५७ गोल गरेका छन्। यस हिसाबले पछिल्लो दश वर्षमा मेसी र रोनाल्डोको गोल संख्याको फरक ३ मात्रै छ। रोनाल्डोले सन् २०११ देखि हालसम्म मेसीले भन्दा ३ गोल बढी गरेका छन्। त्यस्तै पछिल्लो दश वर्षको सर्वाधिक गोलकर्तामा मेसी र रोनाल्डोपछि रोबर्ट लेवान्डोस्कि रहेका छन्।

मनीषा कोइरालाको राष्ट्रवादी अभिव्यक्तिले भारतमा मच्चियो हलचल

प्रकाशित : २६ पुस २०७७, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल