Logo

समाचार

‘सीधा कुरा जनतासँग’का प्रस्तोता रवि लामिछानेले छोडे न्यूज २४, टेलिभिजन खाेल्ने योजना


२३ पुस २०७७, बिहिबार


काठमाडौं, २३ पुस – छोटो समयमै सर्वाधिक सफल र चर्चिक कार्यक्रम ‘सीधा कुरा जनतासँग’का प्रस्तोता रवि लामिछानेले न्यूज २४ टेलिभिजनबाट राजीनामा दिएका छन्।

न्यूज २४ टेलिभिजनको कार्यक्रम विभागमा प्रमुख कार्यकारी निर्माता एवं प्रस्तोताको जिम्मेवारीमा रहेका लामिछानेले औपचारिक रुपमा टेलिभिजन छोडेका हुन्।

लामिछानेले न्यूज २४ मा पाँच वर्ष काम गरे। टेलिभिजन छाडेको विषयमा न्यूज टिम औपचारिक जानकारी गराउँदै अब नयाँ योजनामा जाने बताएका छन्।

चार वर्षयता ‘सीधा कुरा जनतासँग’ चलाएका लामिछानेले ६ सय ३५ भागसम्म कार्यक्रम निर्माण गरे। बिहीबार पनि उक्त कार्यक्रम प्रसारण हुँदैछ।

‘सीधा कुरा जनतासँग’ कार्यक्रम न्यूज २४ मै अझै केही भाग प्रसारण हुने बताइएको छ। उनले ५ महिनाअघि राजीनामा दिए पनि स्वीकृत भएको छैन।

अब चर्चित प्रस्तोता लामिछाने सीधा कुरा जनतासँग कार्यक्रममार्फत् नै टेलिभिजनमा आउने छन्। तर, कार्यक्रम नयाँ टेलिभिजनमा बज्ने छ।

लामिछानेले नवीन रुपान्तरणसहित कार्यक्रम चाँडै प्रशारण हुने बताएका छन्। लामिछानेले सन् २०१३ मा न्यूज २४ टेलिभिजनमै लगातार ६० घण्टा अन्तरवार्ता गरेर गीनिज बुकमा विश्व कीर्तिमान लेखाएका छन्।

मनीषा कोइरालाको राष्ट्रवादी अभिव्यक्तिले भारतमा मच्चियो हलचल

प्रकाशित : २३ पुस २०७७, बिहिबार

} ?>

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

ट्राफिक चोक, बुटवल उ.म.न.पा. ८ जीतपुर, वाणगंगा न.पा. ४
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • कार्यकारी सम्पादक
    अतीत अधिकारी
  • संवाददाता
    प्रकाशमणि राउत प्रल्हाद चौहान
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल
%d bloggers like this: