Logo

खेलकुद

विश्वका १० फुटबलरः रोनाल्डो कसरी पुगे ५औं नम्बरमा? ६ नम्बरमा नेयमार, मेसी कतिमा?



एजेन्सी – स्पेनिस पत्रिका मार्काले वर्ष २०२० को १० उत्कृष्ट फुटबलरको नाम सार्वजनिक गरेको छ। फुटबल विश्लेषक र पत्रकारहरुको मतका आधारमा मार्काले उत्कृष्ट फुटबलरको नाम तयार गरेको हो।

मार्काको सूची अनुसार बायर्न म्युनिखका रोर्बट लेवान्डोस्की उत्कृष्ट खेलाडीको पहिलो नम्बरमा रहेका छन्। उत्कृष्ट लयमा रहेका लेवान्डोस्कीले वर्ष २०२० मा ४७ प्रतिस्पर्धात्मक खेलमा ५५ गोल गर्नुका साथै १० असिस्ट गरेका थिए। उनले फिफा द वेष्ट अवार्ड पनि जितेका थिए।

उत्कृष्ट फुटबलरको सूचीको दोस्रो नम्बरमा जोसुवा किमिच रहेका छन्। किमिच पनि बायर्न म्युनिखकै खेलाडी हुन्। किमिच विश्वका उत्कृष्ट मिडफिल्डरमध्येका एक मानिन्छन्।

त्यस्तै, तेस्रो नम्बरमा केलियन एमबाप्पे रहेका छन्। पेरिस सेन्ट जर्मेन (पिएसजी)का स्ट्राइकर एमबाप्पे युवा खेलाडी हुन्। चौथो नम्बरमा रियल मड्रिडका सर्जियो रामोस छन्।

उनको कप्तानीमा रियलले गत वर्ष ला लिगा जितेको थियो। क्रिस्टियानो रोनाल्डो उत्कृष्ट फुटबलरको सूचीमा ५ औं स्थानमा छन्। युभेन्टसबाट व्यवसायिक फुटबल खेल्दै आएका रोनाल्डो ३३ वर्षको उमेरमा पनि उत्कृष्ट लयमा छन्।

सूचीको छैटौं स्थानमा नेयमार जुनियर छन्। पेरिस सेन्ट जर्मेन (पिएसजी)का स्टार नेयमारको उच्च प्रदर्शनबाट टोलीले फ्रेन्च लिग जितेको थियो। सातौं स्थानमा रियल मड्रिडका करिम बेन्जेमा छन्। आठौं नम्बरमा बायर्न म्युनिखका गोलकिपर म्यानुयल नुयोर छन्। उनी विश्वका उत्कृष्ट गोलकिपरमध्ये एक हुन्।

सूचीको नवौं नम्बरमा बोरुसिया डर्टमण्डका इर्लिङ हलान्ड रहेका छन्। उनले गत वर्ष ३१ खेलमा ३२ गोल गरेका थिए। सूचीको १० औं नम्बरमा बार्सिलोनाका कप्तान लियोनल मेसी रहेका छन्। ला लिगाका सर्वाधिक गोलकर्ता मेसीले २१ असिष्ट गरेका थिए। उनले सातौं पटक पिचिची अवार्ड पनि जितेका थिए।

रमेश खरेलकाे विशेष अन्तरवार्ता: प्रहरीदेखि राजनीतिसम्म

प्रकाशित : १८ पुस २०७७, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल