Logo

राजनीति

नेकपा फुटकाे संघारमा पुगेकाे छ, मैले मुटु चिरिएको अनुभव गरेको छु : दीनानाथ शर्मा



काठमाडाैं, १७ पुस – राष्ट्रियसभामा सत्तापक्षका नेता दीनानाथ शर्माले राजनीतिक दलहरु विभाजन हुँदा लोकतन्त्र कमजोर हुने बताएका हुन्। राष्ट्रियसभाको आजदेखि प्रारम्भ भएको सातौँ अधिवेशनका क्रममा मन्तव्य राख्दै शर्माले आफ्नो पार्टी विभाजनको सङ्घारमा रहेको र प्रतिनिधिसभा विघटन भएको विशिष्ट परिस्थितिमा यो सभा सञ्चालन भइहेको बताएका हुन्।

‘वर्तमान सङ्घीय संसद् गठनपछि आफ्नो राजनीतिक इतिहासमा सबैभन्दा खुशी थिए, तर पार्टी फुटपछि आज मुटु चिरिएको अनुभव गरेको छु,’ नेता शर्माले भने, ‘पार्टी विभाजन कुनै सिद्धान्तका आधारमा नभई राजनीतिक कारणले मात्र भइरहेको छ, यो दु:खद हो।’

नेता शर्माले दलभित्रको` अन्तरविरोधका कारण जनप्रतिनिधि मूलक संस्थामा असर पर्नु राम्रो अनुभूति नभएको बताए। उनले प्रतिनिधिसभा नभएको अवस्थामा राष्ट्रियसभाले नीति निर्माण गरेर सरकारलाई सघाउने र खबरदारीको काम गर्ने विश्वास व्यक्त गरे।

नेता शर्माले जनचासोका विषय प्रकट हुने अहिले यो सभा मात्र भएको बताए। उखु किसानको आन्दोलनका क्रममा एक जना किसानको निधन भएको घटनाप्रति दु:ख व्यक्त गर्दै उनले मृतकप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन्।

रमेश खरेलकाे विशेष अन्तरवार्ता: प्रहरीदेखि राजनीतिसम्म

प्रकाशित : १७ पुस २०७७, शुक्रबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल