Logo

राजनीति

प्रचण्ड–नेपाललाई ओलीको व्यंग्य, ‘अलि–अलि मान्छे त सिसीमा औषधि बेच्नेले पनि रत्नपार्कमा जम्मा गर्छ’



काठमाडौं, १८ पुस – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले अर्को समूहको नेतृत्व गरेका पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई भेट्नु कुहिएर झरेका फलको संज्ञा दिएका छन्। शनिबार नेपाल प्रज्ञा प्रतिष्ठान (कमलादी)मा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले एकताको तीन वर्षसम्म पार्टी हलनचल भएको बताएका हुन्।

ओलीले प्रचण्ड–माधव समूहले घोषणा गरेको आन्दोलनप्रति समेत उनले व्यंग्य गरेका छन्। अलिअलि मान्छे त सिसीमा औषधि बेच्नेले पनि रत्नपार्कमा जम्मा गर्ने भन्दै उनले भने, ‘उहाँहरुको हालत त्यो भन्दा बढ्ता हुने बाला छैन। किनकी उहाँहरुको एजेण्डा जनता होइन, संविधानको रक्षा होइन।’

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा पुनर्स्थापना नहुने बताएका छन्। ओलीले देश चुनावमा गइसक्यो भन्दै संसद पुनर्स्थापना हुन्छ भनेर कसले भन्यो? भनी प्रश्न सोधे।

ओलीले देशमा अस्थिरता र लोकतन्त्र खतरामा परेपछि संविधानसभा विघटन गरेको बताए। उनले आफूलाई स्थापित भन्ने मिडियामा भड्काउन जाली र प्रायोजित समाचार आउने गरेको दाबी गरे।

आराेप–प्रत्याराेपमा उत्रिए केपी ओली र प्रचण्ड

प्रकाशित : १८ पुस २०७७, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल