Logo

राजनीति

प्रतिनिधिसभा विघटन असंवैधानिक, अदालतले सही फैसला गर्छ भन्नेमा विश्वस्त छु: पूर्व राष्ट्रपति



काठमाडाैं, १६ पुस – पूर्व राष्ट्रपति डा. रामवरण यादवले सबै मिलेमा अहिलेको समस्याको समाधान निकाल्नु पर्ने बताएका छन्। विं.स. २०७२ मा स्थापित तेज–तीर्थ ट्रष्टले आयोजना गरेको सम्मान कार्यक्रमलाई सम्बाेधन गर्दै पूर्व राष्ट्रपति यादवले सबैले आआफ्नो कर्तव्य निर्वाह गर्नुपर्नेमा जोड दिएका हुन्।

सबैले आआफ्नो जिम्मेवारी बोध गरेमा नै देशको भलो हुने यादवको भनाइ थियो। अहिलेको संरचना कायम राख्न जनताको काँधमा जिम्मेवारी आएको बताउँदै यादवले आ–आफ्नो भूमिका निर्वाह गर्न सबैमा आह्वान गरे।

प्रतिनिधिसभा पुनर्स्थापना संविधानकाे भावना विपरीत रहेकाे बताउँदै डा. यादवले सर्वाेच्च अदालतले सरकारकाे कदमलाई राेक्ने विश्वास व्यक्त गरे।

‘सबैको विश्वास अदालतमाथि टिकेको छ, न्याय होला भनेर म पनि आशावादी छुँ’, डा यादवले भने। बिपीको मेलमिलाप नीतिको अहिले पनि महत्व भएको बताउँदै डा. यादवले राष्ट्रिय परिस्थिति बिग्रिरहेका अवस्थामा मेलमिलापको नीति अत्यावश्यक भएको उनको भनाइ थियो।

अहिलेका अवस्थामा प्रतिपक्षको अवस्था कमजोर देखिएको भनी चिन्ता व्यक्त गर्दै उनले लोकतन्त्रमा पार्टी खम्बाका रुपमा रहने उल्लेख गरे। ‘अहिलेका अवस्थामा जनता जिम्मेवार हुनुपर्छ, पार्टी झन् जिम्मेवार बन्नुपर्ने हुन्छ,’ डा यादवले भने, ‘अहिलेको अवस्थामा सबै सचेत बन्नुपर्छ।’ प्रष्ट विदेश नीतिको आवश्यकतामा जोड दिँदै उनले राष्ट्रको जगेर्ना गर्न पनि त्यस्तो नीति आवश्यक भएको बताए।

सो अवसरमा पूर्वराष्ट्रपति डा यादवले ‘मानवाधिकार तथा लोकतन्त्र पुरस्कार’ प्रजातन्त्र सेनानी शिव कङ्गाल, ‘जुजुभाइ नानीमैजु पुरस्कार’ इतिहासकार योगेन्द्रमान श्रेष्ठ र कवयित्री नारायणदेवी श्रेष्ठलाई प्रदान गर्दै पत्रकारितामा योगदान दिएवापत राष्ट्रिय समाचार समिति (रासस)का पूर्वमहाप्रबन्धक निर्मला आचार्य र ‘हाम्राकुरा डटकम’का प्रधानसम्पादक अजयबाबु शिवाकोटीलाई सम्मान गरे।

हरेक वर्ष गणतन्त्र दिवसका अवसरमा प्रदान गरिँदै आएको उक्त पुरस्कार र सम्मान यस वर्ष कोरोना भाइरसको महामारीका कारण प्रदान गर्न ढिला भएको ट्रष्टले जानकारी दिएको छ।

रमेश खरेलकाे विशेष अन्तरवार्ता: प्रहरीदेखि राजनीतिसम्म

प्रकाशित : १६ पुस २०७७, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल