Logo

राजनीति

प्रधानमन्त्रीले गरे मन्त्रिमण्डल हेरफेर, नवनियुक्त मन्त्रीहरूले लिए शपथ



काठमाडौं, १० पुस – प्रधानमन्त्री केपी शर्मा ओलीले ९ जना थपेर मन्त्रिपरिषद् विस्तार र केही मन्त्रीको जिम्मेवारी हेरफेर गरेका छन्।

शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्दै टोपबहादुर रायमाझीलाई उर्जा, जलस्रोत तथा सिञ्चाई, प्रभु साहलाई शहरी विकास र मणि थापालाई खानेपानी तथा सरसफाइ मन्त्रालयको जिम्मेवारी दिएका हुन्।

त्यसैगरी, गौरीशकर चौधरीलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा, गणेश ठगुन्नालाई संघीय मामिला तथा सामान्य प्रशासन, प्रेमबहादुर आले वन तथा वातावरण, जुलीकुमारी महतोलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र दावा लामालाई युवा तथा खेलकुद मन्त्री बनेका छन्।

नेकपा नेतृ विमला विश्वकर्माले उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्रीको जिम्मेवारी पाएकी छिन्। ८ जना मन्त्री र एक राज्यमन्त्रीले शुक्रबारै पद तथा गोपनियताको शपथ गरेका छन्।

प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् विस्तारसँगै युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा र उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोती दुगडलाई हटाएका छन्।

यसैबीच, प्रभु साहलाई सहरी विकास मन्त्रालयको जिम्मेवारी दिएपछि कृष्णगोपाल श्रेष्ठ शिक्षामन्त्री बनेका छन्। गणेश ठगुन्नाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय लिएपछि हृदयेश त्रिपाठीलाई स्वास्थ्य तथा जनसंंख्या मन्त्री बनाइएकाे छ।

स्वास्थ्यमा रहेका भानुभक्त ढकाललाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनाइएको छ। जुलीकुमारी महतोलाई महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री बनाएपछि लीलानाथ श्रेष्ठले कानून मन्त्रालयको जिम्मेवारी पाएका छन्।

कानून मन्त्री डा. शिवमाया तुम्बाहाम्फेलाई भूमि व्यवस्था र पद्माकुमारी अर्याललाई कृषि तथा पशुपन्छी मन्त्रीकाे जिम्मेवारी दिइएको छ।

प्रकाशित : १० पुस २०७७, शुक्रबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल