Logo

राजनीति

निर्वाचन आयोगलाई प्रधानमन्त्री ओलीको निर्देशन, ‘ढुक्क भएर चुनावको तयारी गर्नु’



काठमाडाैं, ५ पुस – प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगलाई ढुक्क भएर चुनावको तयारी गर्न निर्देशन दिएका छन्।

निर्वाचन आयोगका आयुक्तहरुसँगको छलफलमा उनले आयोगलाई कुनै शंका नगरि निर्वाचनमा केन्द्रित हुन निर्देशन दिएका हुन्।

छलफलका क्रममा ओलीले निर्वाचन तयारीका लागि सरकारबाट आवश्यक सहयोग हुने बताउँदै अब निर्वाचन गराउनेमा केन्द्रीत हुन अनुरोध गरेका छन्।

आयोगले प्रधानमन्त्री ओलीलाई निर्वाचन गराउनका लागि बजेट, कानुन, सुरक्षा, कर्मचारीको आवश्यकता रहेको जानकारी गराएको थियो।

ओलीले निर्वाचनको विरोध गर्नेहरु अलोकतान्त्रिक भएको टिप्पणी गरे। लोकतन्त्र चाहानेले निर्वाचनको विरोध नगर्ने उनको भनाइ छ।

रमेश प्रसाई र नन्दा सिंहः दुई वर्ष प्रेम अनि विवाह बन्धनमा

प्रकाशित : ५ पुस २०७७, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल