Logo

समाचार

राजा वीरेन्द्रको शासनकालका ‘शाही चिकित्सक’ डा. मुडभरीको निधन



काठमाडौं, ६ मंसिर – कोरोना संक्रमणबाट ओम अस्पतालका संस्थापक डा. धुव्र शर्मा मुडभरीको निधन भएको छ।

कोरोना संक्रमणबाट डा. धुव्र शर्मा मुडभरीको निधन भएको छ। अग्रज चिकित्सक मुडभरी ओम अस्पतालका संस्थापक सदस्य हुन्।

कोरोना संक्रमणबाट गम्भीर बनेका डा. मुडभरीको शनिबार दिउँसो ४ बजे ओम अस्पतालमा निधन भएको हो।

१५ दिनअघि कोरोना भाइरसको संक्रमण देखिएपछि उपचाररत सिनियर सर्जन डा. मुडभरी ७७ वर्षका थिए।

अस्पताल श्रोतका अनुसार निमोनिया पनि भएकाले केही दिन ओम अस्पतालमा उपचार गरेपछि डा. मुडभरी डिस्चार्ज भएका थिए। स्वास्थ्यमा पुनः समस्या देखिएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो।

लामो समयसम्म वीर अस्पतालका निर्देशक भएर स्वास्थ्यसेवा दिएका डा. मुडभरीले तत्कालीन राजा वीरेन्द्र शाहको शासनकालमा दरबारमा ‘शाही चिकित्सक’को जिम्मेवारीमा काम गरेका थिए।

नायिका ऋचा शर्माको डरलाग्दो कोरोना अनुभव, एलिजा गौतम चिन्तित, नीति शाहले मागिन् माफी

प्रकाशित : ६ मंसिर २०७७, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल