Logo

राजनीति

‘चुनौतीका जस्तासुकै चट्टानी पहाड फोड्न तयार हुनुहुन्छ प्रधानमन्त्री केपी शर्मा ओली’



काठमाडौं, ५ मंसिर – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की युवा नेतृ सुनिता बरालले प्रधानमन्त्री केपी शर्मा ओलीको योगदानकै कारण कम्युनिष्ट पार्टीहरू एकजुट हुने अवस्थामा आइपुगेका बताएकी छिन्।

युवा नेतृ बरालले नेकपाको एकता बचाइराख्नका लागि पनि प्रधानमन्त्री ओलीले जस्तोसुकै बलिदान गर्न तयार रहेको बताएकी छिन्।

‘१४ वर्ष जेल बसेर देशको समृद्धिका लागि लड्नु भयो, प्रधानमन्त्री ओलीको निस्वार्थ राष्ट्रप्रेम र राष्ट्रको स्वाधीनताका लागि निरन्तरको संघर्षले नै अहिले देशले यतिका उपलब्धि हासिल गरेको हो,’ बरालले भनिन्।

समृद्ध राष्ट्र निर्माणको गहन अभिभारा पुरा गर्ने लक्ष्यका साथ ओली सरकारले काम गरिरहेको तर्क गर्दै बरालले चुनौतीका चट्टानी पहाड फोड्न क्रान्तिकाे प्रतिरुप प्रधानमन्त्री ओली तयार रहेको बताइन्।

तत्कालीन नेकपा एमालेका पक्षमा स्थानीय तहमै बहुमत आएको र प्रतिनिधिसभामा पनि प्रष्ट बहुमत आउने अवस्था रहँदा–रहँदै पनि पार्टी एकता गरेर सिंगो कम्युनिष्ट आन्दोलनलाई एक ठाउँमा ल्याउने ओलीको महत्त्वपूर्ण भूमिका र योगदान रहेको बरालको तर्क छ।

नेकपाको एकतालाई बलियो बनाउन प्रधानमन्त्री ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संवादमार्फत् अघि बढ्नुपर्ने युवा नेतृ बरालको धारणा छ। ‘नेकपाको एकता बचाउन प्रधानमन्त्री केपी शर्मा ओली जुनसुकै त्याग गर्न तयार हुनुहुन्छ, के अध्यक्ष प्रचण्ड तयार हुनुहुन्छ?,’ बरालको प्रश्न छ।

नेकपालाई एकताबद्ध बनाउनका लागि पार्टीभित्र वैचारिक बहस गर्नुपर्ने र सरकारलाई निर्वाध काम गर्नु दिनु नै सबैभन्दा बुद्धिमानी हुने धारणा राख्दै नेतृ बरालले नेपाली कम्युनिष्ट आन्दोलनलाई धोका हुने गतिविधि नगर्न सबैलाई आग्रह गरेकी छिन्।

नायिका ऋचा शर्माको डरलाग्दो कोरोना अनुभव, एलिजा गौतम चिन्तित, नीति शाहले मागिन् माफी

प्रकाशित : ५ मंसिर २०७७, शुक्रबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल