Logo

समाचार

पछिल्लो २४ घण्टामा २ हजार ५ सय ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि



नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ५ सय ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो तथ्यांकअनुसार देशभर कुल संक्रमितको संख्या १ लाख ७० हजार ७ सय ४३ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ९ हजार २ सय ७९ पिसिआर परीक्षण गर्दा ९ सय ७६ महिलासहित २ हजार ५ सय ८ जनालाई कोरोना पुष्टि भएको हो।

मन्त्रालयका अनुसार १ लाख ३१ हजार २ सय २२ जना संक्रमणमुक्त भएका छन्। सक्रिय संक्रमितको संख्या ३८ हजार ५ सय ८४ रहेको छ।

मन्त्रालयले ३१ हजार ८ जना होम आइसोलेसनमा रहेको जानकारी दिएको छ। २ सय ९६ जना आइसियू र ६९ जना भेन्टिलेटरमा उपचार भइरहेको छ ।

यसैबीच, पछिल्लो तथ्यांकअनुसार काठमाडौंका १ हजार १ सय १३, ललितपुरका १ सय ९५ र भक्तपुरका ४९ जनालाई कोरोना संक्रमित भएको छ।

प्रकाशित : १५ कार्तिक २०७७, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल