Logo

समाचार

अक्सफोर्ड विश्वविद्यालयले उत्पादन गरेको कोरोना भ्याक्सिनले सफलता पाउला?



जीएनएन, लण्डन, १२ कात्तिक – बेलायतस्थित अक्सफोर्ड विश्वविद्यालयले उत्पादन गर्दै आएको कोरोना भ्याक्सिनले सफलता प्राप्त गर्ने संकेत मिलेको छ।

अक्सफोर्ड विश्वविद्यालयले जनाएअनुसार उसले उत्पादन गरेको भ्याक्सिनले मानिसमा प्रतिरक्षात्मक क्षमता बढाऊने गरेको उल्लेख गरिएको छ। यद्यपि पहिलो चरणमा परीक्षण गरिएको भ्याक्सिनले बढाऊने गरेको प्रतिरक्षात्मक क्षमताको नतिजा भने सार्वजनिक गरिएको छैन।

विश्वविद्यालयद्वारा मंगलबार गरिएको पत्रकार सम्मेलनमा भनिएको छ, ‘हामीले ज–जसलाई कोरोनाको भ्याक्सिन लगाई दिएका छौं, उनीहरूमा प्रतिरक्षात्मक क्षमता गुणात्मक रुपमा विकसित हुँदै आएको छ।’

अक्सफोर्ड विश्वविद्यालयले बेलायतमा औषधि उत्पादन गर्दै आइरहेको कम्पनी एस्ट्राजेनेकासँगको सहकार्यमा भ्याक्सिन उत्पादन गर्दै आइरहेको छ।

सो विश्वविद्यालयका प्रोफेसर एन्ड्रयू पोलार्डले एक रिसर्च कन्फ्रेन्समा भने, ‘पछिल्लो पटक परिक्षण गरिएको कोरोना भ्याक्सिनले सकारात्मक नतिजा ल्याएको छ, यसबाट हामी उत्साहित पनि भएका छौं।’

उमेर बढ्दै जाँदा शरीरको रोग प्रतिरोध क्षमता घट्दै जान्छ, कोभिडका कारण मृत्यु हुनेहरुमा ६० वर्षमाथिका मानिसहरू बढी छन्। तर, अहिले अक्सफोर्डले बनाउँदै गरेको खोपले बृद्ध मानिसहरुको शरीरमा प्रतिरोधी प्रतिक्रिया विकास गरेको खबरलाई सकारात्मक मानिएको छ।

अक्स्फोर्ड विश्वविद्यालयका तर्फबाट जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रोफेसर पोलार्डले दोस्रो चरणको सुरक्षा एवं प्रतिरक्षा प्रणालीको बारेमा चर्चा गरेका छन्, यो दोस्रो चरणमा बेलायतका ७० वर्षभन्दा माथिका नागरिकमा यसको परीक्षण गरिसकिएको छ, र एस्ट्राजेनेका भ्याक्सिन तेस्रो चरणको परिक्षणका लागि पनि तयारी हुँदैछ।’

विश्वमा भ्याक्सिन बनाऊने दौडमा अक्सफोर्डले उत्पादन गर्दै आइरहेको भ्याक्सिन सबैभन्दा पहिला बनेको हो र यो भ्याक्सिन छिट्टै बजारमा आउने विश्वास व्यक्त गरिएको छ।

औषधि उत्पादन गर्ने कम्पनी एस्ट्राजेनेका प्रवक्ताले भने, ‘हाम्रो उत्साह बढिरहेको छ, हामीले उत्पादन गरेको भ्याक्सिनले युवादेखि वयस्कसम्मलाई समान रुपमा प्रभाव पारिरहेको छ। यतिमात्र होइन यो भ्याक्सिन लगाइसकेपछि बृद्धबृद्धाहरूमा कोरोनाको दुष्प्रभाव पनि कम हुँदै गइरहेको छ, यसप्रकारको नतिजाले भ्याक्सिन सुरक्षित एवं प्रभावकारी हुने दिशामा अंघि बढिरहेको पुष्टि हुन्छ।’

अक्सफोर्डले उत्पादन गरेको यो भ्याक्सिनले परिक्षणको अन्तिम चरण पार गर्नै लागेको हुँदा यसको नतिजा पनि छिट्टै सार्वजनिक हुने उल्लेख गरिएको छ।

एस्ट्राजेनेकाले कोरोना भ्याक्सिन सप्लाईका लागि विभिन्न देशहरूसँग सम्झौता पनि गरिसकेको छ। बेलायतका स्वास्थ्यमन्त्री म्याट हैनककले सन् २०२१ को शुरुवातसँगै बजारमा कोरोनाविरुद्धको भ्याक्सिन आउने सम्भावना रहेको बताएका छन्।

अहिलेसम्म संसारभरि कोभिड–१९ संक्रमणका कारण ११ लाख ५० हजारभन्दा बढी मानिसहरुको ज्यान गइसकेको छ।

प्रकाशित : १२ कार्तिक २०७७, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल