Logo

प्रदेश-१

दशैं मनाउन गएका सर्वसाधारण बोकेको जीप दुर्घटना, ३ जनाको मृत्यु



खोटाङ, ११ कात्तिक – खोटाङमा जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। दुर्घटनामा चार जना घाइते भएका छन्।

उदयपुर र खोटाङको सिमानामा पर्ने बङ्सिलाघाटबाट चिसापानी आउँदै गरेको को १ ज ३४७० नम्बरको जीप दुर्घटना भएको हो।

सोमबार साँझ भएको दुर्घटनामा मृत्यु हुनेमा बराहापोखरी गाउँपालिका–६ का ४५ वर्षीय दक्षुमान राई, ४० वर्षीय विश्व राई र उदयपुर चौदण्डीगढी नगरपालिका–८ की २० वर्षीया बृहस्पति राई रहेका छन्।

दशैं मनाउन गएका यात्रु बोकेको जीप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। घाइतेहरूलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ।

ज्ञानेन्द्र शाहीले केपी ओलीलाई दिए श्री ६ महाराजको उपाधि

प्रकाशित : ११ कार्तिक २०७७, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    दुर्गादेवी अधिकारी ९८१५९२९१२४
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल