Logo

प्रदेश-१

बहिनीको शव बोकेर फर्किए दाजु र दिदी, कुवेतको सडकमा अस्तायो नेपाली चेलीको सपना



हरिकृष्ण न्यौपाने, कुवेत, ३० असोज – झापा मेचीनगर–२, भृकुटीकी २७ वर्षीया प्रज्ञा प्रधानको कुवेतमा भएको सवारी दुर्घटनामा मृत्यु भएको छ।

अक्टोबर ९ तारिखका दिन प्रधान चढेको सवारीसाधनलाई अर्को सवारीसाधनले ठक्कर दिँदा दुर्घटना भएको हो। कुवेतको आदान अस्पतालमा उपचारका लागि पुर्‍याइए पनि शनिबार बिहान उनको मृत्यु भएको थियो।

प्रधानको शवलाई अक्टोबर १५ तारिखका दिन नेपाल पठाइएको छ। जनसम्पर्क समिति कुवेतका महामन्त्री कृष्ण पौडेलका अनुसार अक्टोबर गत शुक्रबार राति ड्यूटीबाट फर्किने क्रममा प्रधान चढेको कम्पनीको सवारी सधनलाई अर्को सवारीसाधनले ठक्कर दिएको थियो।

उनलाई अस्पताल पुर्‍याई शल्यक्रिया गरिए पनि अत्यधिक रक्तश्रावका कारण शनिबार बिहान मृत घोषित गरिएको थियो। पौडेलले मृतक प्रधान र उनकी दिदी रीता माया प्रधान कामबाट फर्किँदै गर्दा दुर्घटनामा परेको बताए।

बाटोमा उनीहरू चढेको कम्पनीको कारलाई अर्को कारले ठक्कर दिएको र दुवै जनालाई आदान अस्पताल लगिएको थियो।

प्रज्ञाको अपरेशन गरिए पनि बचाउन सकिएन। दुर्घटनामा रीता सामान्य घाइते भएकी थिइन्। प्रज्ञाको शव दिदी रीता र कुवेतमै कार्यरत दाजु बालकुमार प्रधानले नेपाल लिएर गएको छन्।

नेपाली राजदूताबास कुवेतका द्वितीय सचिव श्रीकृष्ण सिलवालले राहदानी नम्बर १०८०८७६५ भएकी प्रज्ञाको मृत्युको कारण सवारी दुर्घटना रहेको बताए।

कुवेतमा दुई वर्ष ६ महिनादेखि कार्यरत मृतक प्रधानको परिवारका सदस्य आफ्नै दिदी र दाई कुवेतमा भएकाले उनीहरूलेनै शव लिएर जान दूतावासले सहजीकरण गरेको सिलवालले बताए।

रमेश खरेल: नेपाल प्रहरीमा निष्ठाका २९ वर्ष, अबको बाटो के ?

प्रकाशित : ३० आश्विन २०७७, शुक्रबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल