Logo

राजनीति

अर्थमन्त्रीमा विष्णु पौडेल, ईश्वर पोखरेलको जिम्मेवारी खोसिँदा सञ्चारमा गुरुङ



काठमाडौं, २८ असोज – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन्। साथै केही मन्त्रीको जिम्मेवारी हेरफेर पनि भएको छ।

उपप्रधानमन्त्री ईश्वर पोखरेललाई रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाइएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको जिम्मेवारी पोखरेलले पाएका छन्।

प्रधानमन्त्री ओलीले रक्षा मन्त्रालयलाई आफैसँग राखेका छन्। नेकपा महासचिव विष्णु पौडेललाई अर्थ मन्त्री बनाएका ओलीले कृष्णगोपाल श्रेष्ठलाई शहरी विकास मन्त्रालयको जिम्मेवारी सुम्पिएका छन्।

त्यसैगरी, लीलानाथ श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिएका छन्। महिला बालबालिका मन्त्री पार्वत गुरुङले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी पाएका छन्।

राष्ट्रपति कार्यालयले विज्ञप्ति प्रकाशित गरी दिएका जानकारी अनुसार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीहरूको नियुक्ति, हेरफेर र कार्यविभाजन गरेकी हुन्।

रमेश खरेल: नेपाल प्रहरीमा निष्ठाका २९ वर्ष, अबको बाटो के ?

प्रकाशित : २८ आश्विन २०७७, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल