Logo

विश्व

नेपाली युवाको प्रेरक कर्म: सामाजिक अभियन्ता बिक्की पुलामीलाई बोरो प्रेसिडेण्ड सम्मान



काठमाडौं, २७ असोज – ब्रुक्लिन बोरो प्रेसिडेन्ट एरिक आडम्सले नेपाली युवा खडग्‌बहादुर पुलामी (बिक्की) लाई सम्मान गरेको छ। न्यूयोर्क क्वीन्सको ज्याक्सन हाइट्समा आयोजित एक समारोहमा बोरो प्रेसिडेण्ट आडम्सले पुलामीलाई सम्मान गरेको हो।

समाजसेवामा सक्रिय पुलामीलाई ‘साइटेसनपत्र’ सहित सम्मान गरेको हो। सन् २००५ देखि नेपाली कला र संस्कृतिको प्रवर्द्धन गर्न उनी सक्रिय रहँदै आएका छन्।

‘यो सम्मानले मलाई हाम्रो कला र संस्कृतिको विस्तार गर्न थप हौसला प्रदान गरेको छ,’ पुलामीले भने, ‘यो केवल सम्मान मात्रै होइन, राष्ट्रप्रति थप उत्तरदायी बन्न प्रेरणा पनि हो।’

पुलामीले नेपालको विभिन्न स्थानमा ७ वटा पुस्तकालयको निर्माण गरेका छन्। उनले २ दर्जनभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरेका छन्।

साथै, नेपाली चलचित्र ‘जीन्दगी रक्स’मा मुख्य खलपात्रको अभिनय गरेका पुलामीले अमेरिकामा २ दर्जनभन्दा धेरै म्युजिक भिडियोको निर्देशन गरिसकेका छन्।

मकै हाउस अनलाइन टिभीका संस्थापक पुलामी कार्यक्रम प्रस्तोता तथा शितोरियो कराते र तोंग ईल मो दोका डबल ब्ल्याक बेल्ट खेलाडी हुन्।

कोभिड–१९ महामारीमा जर्सी सिटी र आसपासको क्षेत्रमा बसोबास गर्ने २ सय परिवारलाई प्राथामिक उपचारका साधन वितरण गरिएको उनले बताए।

अमेरिकामा बस्ने नेपालीहरूमाझ मित्रवत व्यवहार गर्ने र सबैलाई सहयोग गर्ने अभियन्ताका रुपमा स्थापित छन्। उनले नेपालमा रहँदा थुप्रै सामाजिक संस्थाहरूमा सक्रिय रुपमा काम गरेका थिए।

‘राष्ट्र र राष्ट्रियता सबैभन्दा प्यारो हुन्छ, म जहाँ गए पनि नेपाली हुँ भनेर उभिँदा गर्व लाग्छ, मैले गर्ने हरेक काम नेपाल देश र नेपाली नागरिकको हितमा हुन्छ, यो सम्मान पनि म सम्पूर्ण नेपालीहरूमा समर्पित गर्न चाहन्छु,’ पुलामीले भने, ‘तपाईहरूको आशिर्वाद मेरो आगामी यात्रामा प्रेरणा बन्ने छ।’

रमेश खरेल: नेपाल प्रहरीमा निष्ठाका २९ वर्ष, अबको बाटो के ?

प्रकाशित : २७ आश्विन २०७७, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल