Logo

समाचार

कोरोना प्रकोपमा सक्रिय केयर फाउण्डेशनः काठमाडौंमा महिलाहरूले गरे रक्तदान



सन्ध्या अधिकारी, काठमाडौं, १७ असोज – रक्तदान जीवन दान। कोरोना प्रकोपमा रगतको अभाव भइरहेको अवस्थामा केयर फाउण्डेशन नेपालले काठमाडौंमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ।

काठमाडौंको विशालनगरमा आयोजना गरिएका रक्तदान कार्यक्रममा २६ जनाले रक्तदान गरेका छन्। केयर फाउण्डेशनले महिलाहरूलाई रक्तदान गर्न अभिप्रेरित गर्ने उद्देश्यले रक्तदानको आयोजना गरेको हो।

केयर फाउण्डेशन महिला विभागकी अध्यक्ष रेशमा बानु शाहका अनुसार महिलाहरूलाई मात्रै रक्तदानमा सहभागी गराइएको थियो। ‘महिलाहरू रक्तदान गर्न डर मान्ने परिपाटी अझै छ,’ अध्यक्ष बानुले भनिन्, ‘तर, यो कार्यक्रम उदाहरणीय बनाउनकै लागि हामीले महिलाहरूलाई मात्रै सहभागी गराएका हौं।’

कोभिड–१९ महामारीका कारण रक्तदानजस्तो महत्त्वपूर्ण कार्यक्रम सहज रुपमा सञ्चालन हुन नसकिरहेकाले नै महिलाहरूलाई यो अभियानमा सहभागी गराइएको विभागकी कोषाध्यक्ष शिक्षा थपलियाले बताएकी छिन्।

काठमाडौं उपत्यकास्थित रक्तसञ्चार केन्द्रहरूमा रगतको अभाव भएका बेला केयर फाउण्डेशन महिला विभागको आयोजना भएको रक्तदान कार्यक्रममा लायन्स क्लब अफ काठमाडौं ब्लड सर्कलको प्राविधिक सहयोग रहेको थियो।

केयर फाउण्डेशन महिला विभागकी सचिव इशरत शाहले कोभिड–१९ महामारीमा मानवीय मूल्यमा कुनै खतरा नहोस् भन्नकै लागि कार्यक्रमको आयोजना गरिएको धारणा राखिन्।

केयर फाउण्डेशनका महासचिव अब्दुस सबुरले नेपाली समाजमा महामारीमा पनि एकजुट हुन सक्छ भन्ने सन्देश यो कार्यक्रमले दिएको बताएका छन्।

त्यसैगरी, फाउण्डेशनका सचिव सलामुद्दिन मिया र सदस्य नसिम शाहले पनि यस किसिमको कार्यक्रमलाई निरन्तरता दिने बताएका छन्।

‘रक्तदान जीवन दान, जीवन बचाउने महाअभियानमा सहभागी बनौं’ भन्ने नारासहित फाउण्डेसनले महिलाहरूको मात्रको सहभागितामा आयोजना गरिएको रक्तदान कार्यक्रम सम्भवतः पहिलोपटक भएको अध्यक्ष बानुले बताइन्।

फाउण्डेशनका अध्यक्ष डा. अब्दुल मोबिन खानले फाउण्डेशनले कोभिड–१९ को महामारीलाई ध्यानमा राखेर रक्तदान गरिएको बताए। कार्यक्रमस्थलमा आउन नसक्नेहरूका लागि घरडेरामै गएर रगत संकलन गरिएको उनले बताए।

गगन थापाले स्वास्थ्यमन्त्री हुँदा दरबन्दी पाएको अस्पतालकाे याे हालत!

प्रकाशित : १८ आश्विन २०७७, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल